logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने, कति रुपैयाँसम्म साट्न पाइन्छ ?

    दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने, कति रुपैयाँसम्म साट्न पाइन्छ ?

    5.2K
    Shares
    दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने, कति रुपैयाँसम्म साट्न पाइन्छ ?

    काठमाडौं । यस वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ ।

    राष्ट्र बैंकका अनुसार असोज १३ गतेदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने छ ।

    यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको हो । असोज १३ गतेबाट राष्ट्र बैंकका साथै बैंकहरू मार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो ।

    सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।

    नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend