काठमाडौं । नम्बर १ अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले यो दशैँ तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ नामक योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरु को खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन्।
यस योजनामा स्योर सट उपहार स्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको ओएफआर हीटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन् भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटीजि ओभन, ई–प्रेसर कुकर र भ्याकुम क्लिनर लगायतका उपकरणहरूको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्नेछन् ।
साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सक्नेछन्। ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको कम्पनीले जनाएको छ।
ब्लाक एण्ड डेकरले जीवनलाई अझ सजिलो र सुविधाजनक बनाउने लक्ष्य राख्दै आएको छ। यस उत्सवको अवसरमा, ब्लाक एण्ड डेकरले आफ्ना ग्राहकहरूलाई थप खुसी र आनन्ददायक बनाउने उद्देश्यले यो योजना सञ्चालन गरेको छ। ग्राहकहरुले यो योजनाको लाभ भाद्र २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ ।
अन्तराष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भईरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।