logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक

    निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक

    504
    Shares
    निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्ने बताएका छन् । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने ? जाने हो भने कतिसम्म जाने ? भन्नेकुरामा समिति स्पष्ट हुन जरुरी रहेको बताएका हुन् ।

    उनले अख्तियार निजी क्षेत्रमा जानु हुँदैन भन्नेमा आम सहमति देखिएको बताए । सरकारी पैसा निजीमा गएको छ भने हेर्नुपर्ने भन्नेमा पनि सांसदहरु सहमत देखिएको उनको भनाइ छ ।

    गृहमन्त्री लेखकले सरकारी पैसा निजीमा गएको भए कस्तो गएको ? ऋण गएको की, अनुदान गएको हो की ? जाने प्रक्रियालाई समात्ने हो की ? सरकारी पैसा गएको बारेमा अनुसन्धान गर्ने भन्नेकुरामा समिति स्पष्ट हुनुपर्ने बताए । कुनै निजी कम्पनीमा सरकारी पैसा गयो भने सरकारी पैसा गएको हेर्न पाउने की ? समग्र कम्पनीको पैसा हेर्न पाउने भन्नेमा पनि सांसदहरुले विस्तृत छलफल गरी निचोडमा पुग्नुपर्ने बताए ।

    समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले निजी क्षेत्र अख्तियारमा प्रवेश गर्न दिने वा नदिने भन्नेबारे संसदीय उपसमितिले निर्णय गरी समितिमा पेश गर्न आग्रह गरे ।

    उपसमितिमा हृदराम थानी, बुद्धिमान तामाङ, रघुजी पन्त, हितराज पाण्डे, अशोक राई, राजेन्द्र पाण्डे, चन्दा कार्की र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend