logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • संघीय लोकतान्त्रिक गणतन्त्रको मुलधार माओवादी नै हो : अध्यक्ष दाहाल

    संघीय लोकतान्त्रिक गणतन्त्रको मुलधार माओवादी नै हो : अध्यक्ष दाहाल

    861
    Shares
    संघीय लोकतान्त्रिक गणतन्त्रको मुलधार माओवादी नै हो : अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रको मुलधार माओवादी आन्दोलन भएको बताएका छन् ।बिहीबार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन् ।

    उनले माओवादी आन्दोलन वा नेकपा माओवादी मुलधारमा आएपछि भन्ने शब्द प्रयोग भएको भन्दै माओवादी मुलधारमा आएको हो वा माओवादीले मुलधार क्रिएट गरेको हो भन्नेकुरा राजनीतिक बहसको विषय रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मुलधार माओवादी भएको बताए ।

    उनले गणतन्त्रको घोषणासँगै देशको सबैभन्दा ठूलो पार्टी पनि माओवादी भएको स्मरण गरे । माओवादीको गणतन्त्रात्मक मुलधारमा अन्य दल आएका हुन् की माओवादी संवैधानिक राजतन्त्रको मुलधारमा गएको हो भन्ने विवाद वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा अहिले पनि रहेको बताए ।

    उनले भने, ‘यहाँ अघि भनियो, माओवादी आन्दोलन वा नेकपा माओवादी मुलधारमा आएपछि भन्ने शब्द प्रयोग भयो । यो विषय धेरै ठूलो गम्भीर महत्वको छ । हामी मुलधारमा आयौँ की हामीले मुलधारा क्रिएट गर्यौँ भन्ने विषय निकै ठूलो बहसको विषय हो । कुन मुलधार । संवैधानिक राजतन्त्रवालालाई मुलधार भनेको हो की गणतन्त्रको मुलधार ? गणतन्त्रको मुलधार त माओवादीका कारणले नै जन्मिएको हो ।

    संघीय लोकतान्त्रिक गणतन्त्रको मुलधार । गणतन्त्रको घोषणासँगै देशको सबैभन्दा ठूलो पार्टी पनि माओवादी नै भएको हो । माओवादीको गणतन्त्रात्मक मुलधारमा अन्य दल आएका हुन् की माओवादी संवैधानिक राजतन्त्रको मुलधारमा गएको हो भन्ने विवाद वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा निकै ठूलो छ । तपाईंहरुले बनाउने यो टेलिश्रृंखलाले यथार्थलाई उद्बोधन गर्नेछ ।’

    अध्यक्ष दाहालले जनयुद्धको विषयलाई लिएर माओवादीले बनाएका बनाएका चलचित्र र टेलिफिल्म जनतामा स्थापित हुन नसकेको बताए । उनले माओवादी नभएकाले बनाउन लागेको सो टेलिश्रृंखला जनताले हेर्ने विश्वास गरे ।

    उनले पृथ्वीनारायण शाहपछि आम नेपाली जनताको सबैभन्दा ठूलो उपस्थिति भएको आन्दोलन माओवादी आन्दोलन नै भएको जिकिरसमेत गरे । उनले युरोपतिर भएको भए माओवादी आन्दोलनले नोबेल पुरस्कार पाउने विषय भएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend