logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

    काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

    273
    Shares
    काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ ।

    कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।

    आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिइन । गत आवमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार रुपैयाँ मात्र खर्च भएको छ ।

    काठमाडौँका स्थानीय तह, प्रदेश तथा स¬ङ्घीय कार्यालयबाट आव २०८०र८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा एक अर्ब ५६ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend