logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    आज काठमाडौँका यी स्थानमा तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने

    आज काठमाडौँका यी स्थानमा तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने

    1.9K
    Shares
    आज काठमाडौँका यी स्थानमा तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने

    काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा आज तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने भएको छ।

    विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने जनाएको हो।

    असन फिडरअन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

    रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौध्द सबस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेसन भित्र, विशाल बजारअगाडि, गणेश ,स्थान ट्रमा हस्पिटलपछाडि केबुल हेडसम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

    ती ठाउँमा भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटनडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend