logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बालअधिकार सुनिश्चित गर्न सरकार संवेदनशिल छ : मन्त्री सुडी

    बालअधिकार सुनिश्चित गर्न सरकार संवेदनशिल छ : मन्त्री सुडी

    322
    Shares
    बालअधिकार सुनिश्चित गर्न सरकार संवेदनशिल छ : मन्त्री सुडी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालअधिकार सुनिश्चित गर्नका लागि सरकार संवेदनशिल रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस २०८१ मुल समारोहलाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरुलाई सम्बोधन गर्न चालु आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापन गरिएको बताए ।

    उनले नेपाल सरकारले बालबालिका सम्बन्धी विभिन्न कानून, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्दै आएको भएपनि आवश्यक लगानी गर्न नसकेको बताए । उनले बालबालिकाको सुरक्षाका लागि थप लगानी गर्न आवश्यक रहेको बताए ।

    उनले बालबालिकाका संरक्षणका सवालमा नयाँ प्रकारका समस्या र चुनौतिहरुको सामना गरिरहेको बताए । उनले बालबालिकाप्रतिको हिंसा, बाल यौन दुव्र्यवहार, बालश्रम, बालविवाह र लैंगिक विभेद जस्ता अन्य असमानताका समस्याले बालबालिकाको उज्वल भविष्यमा नकारात्मक असर परेको बताए ।

    उनले भने, ‘बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरुलाई सम्बोधन गर्न विशेष गरी यस आर्थिक वर्षमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापनले समेत प्रष्ट पारेको छ । वर्तमान सरकार बालअधिकार सुनिश्चितताका लागि अत्यन्त संवेदनशिल रहेको छ भन्ने म विश्वास दिलाउन चाहन्छु ।

    नेपाल सरकारले बालबालिका सम्बन्धी विभिन्न कानून, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्दै आएको भएपनि आवश्यक लगानी गर्न नसकेका कारण थप लगानी बढाउनुपर्ने आवश्यकता छ । हरेक विकास र परिवर्तनका साथ केही नयाँ समस्याहरु सिर्जना हुने गर्दछन् । आजका दिनमा बालबालिकाका संरक्षणका सवालमा हामी नयाँ प्रकारका समस्या र चुनौतिहरुको सामना गरिरहेका छौँ ।

    बालबालिकाप्रतिको हिंसा, बाल यौन दुव्र्यवहार, बालश्रम, बालविवाह र लैंगिक विभेद जस्ता अन्य असमानता जस्ता समस्याले बालबालिकाको उज्वल भविष्यमा पर्ने नकारात्मक असरलाई उन्मुलन गर्नु सबैको साझा दायत्व र जिम्मेवारी हो ।’

    मन्त्री सुडीले विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकाहरुको लागि सरकारले पर्याप्त श्रोत र साधन परिचालन गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिवद्धता जनाए ।

    उनले बालबालिकाहरुको अधिकार सुरक्षित र सुनिश्चित गर्न लगानीको आवश्यकता रहेको उल्लेख गरे । यस वर्ष ‘बालबालिकामा लगानीःसुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित बाल दिवस मनाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend