logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिँदैन : नेता सिटौला

    जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिँदैन : नेता सिटौला

    896
    Shares
    जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिँदैन : नेता सिटौला

    काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न नसकिने बताएका छन् ।

    जननायक विश्वेश्वरप्रसाद कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा संवाद केन्द्रले आज यहाँ आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र आजको परिस्थिति’ विषयक अन्तरक्रियामा उनले बिपी कोइरालाले भनेजस्तै जनताको शासन सत्तामा प्रत्यक्ष पहुँच भए मात्र लोकतान्त्रिक समाजवादको कल्पना पूरा हुने बताए ।

    “आवधिक निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि रोज्ने र प्रतिनिधिमार्फत शासन चलाउने हो, जनताले प्रतिनिधिमार्फत आफ्नो शासन गर्ने हो, लोकतान्त्रिक शासन पद्धति भनेको यही हो,” उनले भने । कांग्रेस र कम्युनिष्टबीच लोकतान्त्रिक समाजवादका बारेमा भिन्दाभिन्दै व्याख्या रहेको उनको भनाइ थियो ।

    कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले विसं २०४६ देखि कम्युनिष्टलाई शान्ति र लोकतन्त्रको बाटोमा हिँडाउन कांग्रेसले नेतृत्व गरेको बताए । उनले बिपी कोइराला गतिशील विचार भएको नेता भएको बताए ।

    कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले नेपाली कांगे्रसको विधानले बिपी कोइरालालाई स्पष्ट रुपमा चिनेको बताइन् । बिपी कोइरालाले दिएको विचार र आदर्शबाट पार्टी अहिले अगाडि बढेको उनको भनाइ थियो । नेत्री उपाध्यायले सत्ता बाहिर होस् या सत्तामा होस् कांग्रेसले सधैँ बिपीको विचारलाई अगाडि बढाउनुपर्ने धारणा राखिन् । स्थानीय तह बलियो भए मात्र देशको विकास हुने उनको भनाइ थियो ।

    वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्माले बिपी कोइरालाले अगाडि सारेको लोकतान्त्रिक समाजवादको नीतिका कारण संविधानमा हरेक जातजाति र समुदायको प्रतिनिधित्व भएको उल्लेख गरिन् ।

    कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेले बिपीले देखेको लोकतान्त्रिक समाजवादको सपना कांग्रेसले पूरा गर्दै लगेको बताए । उनले राज्यमा जबसम्म गरिब तथा विपन्न वर्गको उपस्थिति हुँदैन तबसम्म बिपीको सपना पूरा नहुने भएकाले त्यसलाई पूरा गर्न लाग्नुपर्ने उल्लेख गरे ।

    कांग्रेस कोशी प्रदेशका महामन्त्री एवं कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राई, कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनलगायतले संविधानले दिएको अधिकार पूरा गर्नसके बिपी कोइरालाले देखेको लोकतान्त्रिक समाजवादको सपना पूरा हुने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend