काठमाडौं । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले महासंघमा आवद्ध देशभरिका ५ लाख सदस्यहरुलाई नेपाली कांग्रेसको साधारण सदस्यता वितरण गर्ने भएको छ ।
देशभरि आदिवासी जनजाति महासंघ र कांग्रेसको पाँच लाख साधारण सदस्यता वितरण गर्न प्रत्येक जिल्लामा प्रतिनिधी पठाउने निर्णय भएको महासंघका महामन्त्री मनहरी श्रेष्ठले जानकारी दिए ।
नेपालि कांग्रेसको पार्टी कार्यलय सानेपामा शनिबार सम्पन्न भएको दुइ दिने केन्द्रिय समिति बैठकले यस्तो निर्णय गरेको श्रेष्ठले बताए ।
त्यसैगरी देशभर पार्टिका हरेक निकायमा रहेका आदिवासी जनजातिहरुको विवरण सङ्कलन गर्ने र जिल्ला जिल्लाबाट शहिद परिवार्,जनाअन्दोलन घाइते र द्वन्दकालका बिस्थापितहरुको विवरण सङ्कलन गर्ने निर्णय भएको पनि श्रेष्ठ्ले बताए ।
सदस्यता वितरण र विवरण सङ्कलनको पहिलो चरणको कार्यक्रम सम्पन्न भएपछी प्रशिक्षण कार्यक्रम शुरु गरिने श्रेष्ठले जानकारि दिए ।
गत असारमा सम्पन्न पहिले महाधिवेशनपछि महासंघको पहिलो केन्द्रिय समिति बैठक बसेको हो । बैठकपछि देशैभर महासंघका गतिविधि बढाउने तयारि रहेको महामन्त्री श्रेष्ठले बताए ।