logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • एभरेष्ट बैंकले बोलायो साधारणसभा, १५.५३ प्रतिशत लाभांश पारित गर्ने

    एभरेष्ट बैंकले बोलायो साधारणसभा, १५.५३ प्रतिशत लाभांश पारित गर्ने

    322
    Shares
    एभरेष्ट बैंकले बोलायो साधारणसभा, १५.५३ प्रतिशत लाभांश पारित गर्ने

    काठमाडौं । एभरेष्ट बैंकले प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुने जानकारी बैंकले दिएको छ ।

    बैंकले १५.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सभामा बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ । सभाबाट पारित भएपछि बैंकका सेयरधनीले लाभांश पाउने भएका छन् । बैंकले ६५ करोड रुपैयाँ नगद लाभांश र १ अर्ब १७ करोड ६७ लाख रुपैयाँ बोनस सेयर दिने बैंकले जनाएको छ ।

    बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी बृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर १२ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ ।

    चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ ।

    असोज ७ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

    यो पनि : 

    एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश, सेयरधनीले पाउने भए कति ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend