logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • भ्रष्टाचारीलाई जोगाउनकै लागि कांग्रेस र एमाले मिलेर रातारात सरकार ढाले : अध्यक्ष दाहाल

    भ्रष्टाचारीलाई जोगाउनकै लागि कांग्रेस र एमाले मिलेर रातारात सरकार ढाले : अध्यक्ष दाहाल

    3.2K
    Shares
    भ्रष्टाचारीलाई जोगाउनकै लागि कांग्रेस र एमाले मिलेर रातारात सरकार ढाले : अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रातारात षड्यन्त्रमुलक ढंगले आफू नेतृत्वको सरकार ढालेको भन्दै आपत्ति जनाएका छन् । आईतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसारमा सामान्य रुपमा हुँदै नहुने कुरा गरेर रातारात सरकारबाट आफूलाई हटाएको बताएका हुन् ।

    उनले संसारमा कतै पनि संसदका दुई ठूला दल मिलेर सरकार नबनाउने भन्दै भ्रष्टाचारीलाई जोगाउनकै लागि कांग्रेस र एमाले मिलेको आरोप लगाए । उनले नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरुलाई पक्राउ गरेपछि र गिरिवन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गरेपछि सरकार ढालिएको बताए ।

    उनले भने, ‘जब नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरु फरार थिए, ति फरार अभियुक्तहरु गिरफ्तार गरिएपछि र गिरिवन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु, सुई बुढानिलकण्ठ र बालकोटतिर सिधै सुझियो । दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार जोडियो, बालकोट र बुढानीलकण्ठतिर । र रातारात षड्यन्त्रमुलक ढंगले संसारमा सामान्य रुपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो ।’

    अध्यक्ष दाहालले गिरिवन्धु टिस्टेटमा केही दिनसम्म नेकपा एमाले र नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप लगाइएको बताए । उनले भ्रष्टाचारीलाई बचाउन दुई दल एक भएको आरोप लगाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend