logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • देशमा ३० वर्षदेखि कांग्रेस र एमालेले शासन गरेका छन्, सहकारी ठगीमा पनि उनीहरु नै हुन् : सांसद सिंह

    देशमा ३० वर्षदेखि कांग्रेस र एमालेले शासन गरेका छन्, सहकारी ठगीमा पनि उनीहरु नै हुन् : सांसद सिंह

    1.4K
    Shares
    देशमा ३० वर्षदेखि कांग्रेस र एमालेले शासन गरेका छन्, सहकारी ठगीमा पनि उनीहरु नै हुन् : सांसद सिंह

    काठमाडौं । प्रतिनिधि सभाका सांसद डा अमरेशकुमार सिंहले सहकारी ठगी छानविनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेका छन् । सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा सो समिति गठन गरेर ६/७ महिनाको समय दिएर सहकारी ठगीको छानविन गर्न उपयुक्त हुने उनको प्रस्ताव थियो ।

    आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सिंहले सहकारी ठगहरुको सम्पत्ति जफत गरेर भएपनि सरकारले पीडितहरुको रकम फिर्ता गर्नुपर्ने समेत बताए । उनले सहकारी ठगीमा रवि लामिछाने देखिएपनि त्यसमा बढी जिम्मेवार कांग्रेस-एमाले भएको जिकिर समेत गरे ।

    उनले भने, ‘सहकारीबाट नेपाली जनताको करिव एक खर्ब भन्दा बढी पैसा अपचलन भएको छ । त्यो अपचलन कुनै रास्वपाले मात्रै गरेको छैन । यसको जन्म कति वर्ष पहिले भयो ? सहकारी हाम्रो कहिलेदेखि देखिन्छ ? वास्तवमा यसको न्यायिक छानविन समिति गठन हुुनुपर्दथ्यो । संसदीय छानविन यसका लागि उपयुक्त होइन । किनकी ३० वर्षदेखि यो देशमा शासन नेपाली कांग्रेस र एमालेले गरेको छ । र सहकारीमा पनि कांग्रेस र एमाले नै हो ।

    २०७० सालमा यही कांग्रेसको सहकारीको प्रतिनिधिको रुपमा सांसद समेत बनाइएको थियो । एमालेले इच्छाराज तामाङलाई बनाएको थियो । किनकी सहकारीको पैसा प्रयोग गरेको नै कांग्रेस र एमालेले हो । त्यो त उनीहरुले रविको मुख बन्द गराउनका लागि ऊ भर्खरको नयाँ सहकारीमा फसेको हो । सहकारीको न्यायिक छानविन गर्नुपर्छ । अनि सर्वोच्च अदालतको सिटिङ जजलाई ६, ७ महिनाको समय दिएर सहकारी रकम अपचलनको छानविन हुनुपर्छ । र जोजो दोषी छन, त्यसलाई कार्वाही गर्नुपर्छ । र उसको सम्पत्तिबाट पैसा असुल गरेर नेपाली जनताको डिपोजिट जुन छ, उसलाई दिनुपर्छ ।’

    सांसद सिंहले कांग्रेस-एमालेले बढी सहकारीको पैसा प्रयोग गरेको भन्दै यसको अपचलनमा पनि उनीहरुनै बढि जिम्मेवार देखिएको तर्क समेत गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend