काठमाडौँ । विभिन्न निकायमा कार्यरत ४० सहसचिवहरुको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गर्ने निर्णय गरे पनि सूची अन्तिम रूप दिन नसक्दा ढिलो गरी निर्णय सार्वजनिक भएको हो ।
भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकायका लागि सरुवा गरिएको छ ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईँलाई काठमाडौँ महानगरपालिकामा कामकाजका लागि पठाइएको छ ।
यस्तो छ सहसचिवहरूको सरुवाको विवरण :