logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग भिड्दै

    आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग भिड्दै

    1.7K
    Shares
    आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग भिड्दै

    काठमाडौं । विश्वकप लिग २ मा नेपाली टोलीले आज घरेलु टोली क्यानडासँग भिड्दै छ ।

    खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुनेछ ।

    क्यानडामा हुने त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई/दुई खेल लेख्नेछ ।

    नेपाललले ७ महिनापछि आईसीसी विश्वकप लिग-२ का खेल खेल्न लागेको हो ।

    नेपालले क्यानडासँग दोस्रो खेल असोज ६ गते खेल्नेछ भने ओमानसँग असोज २ र ८ गते खेल्ने छ ।

    ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँग टी २० सिरिज पनि खेल्नेछ ।

    उक्त सिरिज खेलेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी २० आई दुवै सिरिज हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend