logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • नेपाल क्यानडासँग १०३ रनले पराजित

    नेपाल क्यानडासँग १०३ रनले पराजित

    1.7K
    Shares
    नेपाल क्यानडासँग १०३ रनले पराजित

    काठमाडौँ । नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । नेपाल १०३ रनले पराजित भएको हो ।

    २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रन बनाउँदै अल आउट हुन पुग्यो ।

    नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए ।

    ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए ।

    नेपालका सोमपाल कामी र ललित राजवंशीले २/२ विकेट लिएका थिए । सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १/१ विकेट लिए ।

    नेपालले बुधबार ओमानसँग खेल्नेछ । नेपाल लिग २ मा ५ खेलमा २ अंकका साथ सातौं स्थानमा छ ।

    क्यानडा भने ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend