logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • ‘दलबाट निर्वाचित राष्ट्रपति सबैको साझा हुन नसक्ने रहेछ’ (अन्तर्वार्ता)

    ‘दलबाट निर्वाचित राष्ट्रपति सबैको साझा हुन नसक्ने रहेछ’ (अन्तर्वार्ता)

    910
    Shares
    ‘दलबाट निर्वाचित राष्ट्रपति सबैको साझा हुन नसक्ने रहेछ’ (अन्तर्वार्ता)

    सरकारले हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाउँदै आएको छ । यस वर्ष पनि असोज ३ गते विभिन्न कार्यक्रमहरू आयोजना गरी राष्ट्रिय दिवसका रूपमा संविधान दिवस मनाइँदै छ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन यो दिवस भव्यताका साथ मनाउने गरिन्छ ।

    सङ्घ, प्रदेश सरकारले मूल समारोह समिति गठन गरेरै संविधान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरिरहेका छन् । साथै यो बेला नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । कांग्रेस-एमाले सरकार बनेसँगै संविधान संशोधनको विषय प्राथमिकतामा राखिएको थियो ।

    संविधान संशोधनको बेला भएकाले संविधानमा रहेका कमी, कमजोरीहरू संशोधन गर्ने बेला आएको कांग्रेस-एमाले नेताहरूले बताउँदै आएका छन् । यो विषयले सत्ता पक्ष र प्रतिपक्षबीच संसदमा सवालजवाफ भइरहेको छ । संविधान दिवसको अवसर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसँग गरेको कुराकानीको सम्पादित अंश ।

    संविधान कार्यान्वयनको अवस्था कस्तो देख्नुहुन्छ ?

    यो बिचमा संविधानको जुन अभ्यास गरियो, त्यसले के प्रमाणित गर्यो भने यो संविधानमा प्रशस्त त्रुटिहरू छन् । कमी कमजोरीहरू छन् । थुप्रै भ्वाङहरू छन् जसलाई सच्याएर फेरि नयाँ सन्दर्भमा जानुपर्ने देखिएको छ । कति मानिसहरूले भन्छन् कि संविधान कार्यान्वयन भएन । संविधान पूर्ण रूपले कार्यान्वयन भएपछि सबै कुराहरू ठिक हुन्छ, भन्ने जस्ता तर्कहरू पनि ल्याउँछन् । तर अहिले हाम्रो अभ्यासले प्रमाणित गर्यो । अहिले जति समस्याहरू छन् त्यसको मूल समस्या नै संविधान हो ।

    त्रुटि भनेका के-के हुन् त ?

    हाम्रो निर्वाचन प्रणालीमा समस्या छन् । हाम्रो राज्य संरचनामा समस्या छ । नियुक्ति प्रणालीमा छ । समग्र विषयहरूमा समस्या छ र त्यो समस्या संविधान संशोधन नगरीकन समाधान गर्न सकिँदैन । यति सानो देशमा यति ठुलो सङ्ख्याको जनप्रतिनिधिहरू जसलाई वडा सदस्यदेखि लिएर राष्ट्रपति, उपराष्ट्रपति हुँदै पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति सम्मलाई हामीले महँगो कर तिरेर, ऋण लिएर तलब, भत्ता खुवाउनुपर्ने अवस्था छ । यो बाक्लो जनप्रतिनिधिहरूको उपस्थितिलाई कटौती नगरीकन हामीले आर्थिक रूपले धान्न सक्ने अवस्था रहँदैन । त्यसैले प्रदेश तह अनावश्यक देखियो । प्रमाणित भयो । प्रदेशमा अनावश्यक मन्त्रीहरू छन् ।

    प्रतिनिधि सभा र राष्ट्रिय सभाको कुरा गर्दा राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न उठेको छ । प्रतिनिधि सभामा समेत यत्रो ठुलो सङ्ख्या चाहिने हो कि होइन, यसको पनि पुनः विचार गर्नुपर्ने विषयहरू उठेका छन् । निर्वाचन प्रणाली पनि त्यसै प्रकारको देखियो । त्यस कारणले निर्वाचन प्रणालीमा समेत व्यापक रूपमा परिवर्तन गरेर जानुपर्छ र स्थिर सरकार निर्माणको लागि, पाँच वर्षसम्म सरकार चल्ने व्यवस्था निर्माणको लागि पनि यो निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्ने छ । त्यसैले हामीले त अभिभावकीय संस्थाको रूपमा राजसंस्था रहोस् । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री होस् । प्रदेशको खारेजी होस् ।

    प्रणालीमा समेत व्यापक रूपमा परिवर्तन गरेर जानुपर्छ र स्थिर सरकार निर्माणको लागि, पाँच वर्षसम्म सरकार चल्ने व्यवस्था निर्माणको लागि पनि यो निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्ने छ । त्यसैले हामीले त अभिभावकीय संस्थाको रूपमा राजसंस्था रहोस् । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री होस् । प्रदेशको खारेजी होस् ।

    केन्द्र र बलियो स्थानीय तह होस् । स्थानीय तहलाई पूर्ण रूपले अधिकार सम्पन्न बनाऊँ । जनप्रतिनिधिहरूको सङ्ख्यामा व्यापक रूपले कटौती गरौँ । मलाई लाग्छ यो संविधान अभ्यासको नौ वर्ष पूरा हुँदाखेरि यो संविधान ल्याउनमा महत्त्वपूर्ण योगदान गर्ने प्रमुख राजनीतिक दलहरूलाई पनि हामीले केही कमी कमजोरीहरू छोड्यौँ भन्ने लागेको हुनुपर्छ । अहिले जुन कमी, कमजोरीहरू देखिएको छ, त्यो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मात्रै महसुस भएको कुरा होइन । यो संविधानको पक्षधर हुँ भन्नेहरूलाई पनि महसुस भएको विषय भएकाले यति बेला सबैको सहमतिबाट सबैलाई स्वीकार्य संविधान निर्माण गरेर जानु उपयुक्त हुन्छ । त्यो बेला आयो ।

    हालसम्मको कार्यान्वयनको अवस्थालाई सफलता र असफलताको कसीमा राखेर हेर्दा के भन्न सकिन्छ ?

    संविधान त असफल नै भयो नि । तर के भने यसलाई धेरै आरोप–प्रत्यारोप गर्नु भन्दा पनि अब सच्याएर, मिलाएर जानु देश र हामी सबैको लागि हितकर हुन्छ । किनभने दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइन्न भनेर भन्ने तर सरकार बनेको तिस दिनभित्र विश्वासको मत लिनुपर्छ, त्यसैबेला लडाउन पाउने । अविश्वासको मत दिन पाउने । अनुपस्थित हुन पाउने । अथवा समर्थन फिर्ता लिन पाउने भनेको त सरकार त दुई वर्षमा त १२ चोटि फेर्न मिल्ने छिद्रहरू राख्यौँ । नियुक्ति प्रणालीहरू त्यस्तै छ ।

    सरकार, प्रतिपक्ष अर्थात राजनीतिक दलहरूको सिफारिसमा न्यायाधीश नियुक्त हुने । संवैधानिक अङ्गहरूमा नियुक्ति हुने । अनि कहाँ निष्पक्षता, स्वतन्त्रताको हामीले कल्पना गर्न सक्छौँ ?, पारदर्शिता, सुशासनको कहाँ कल्पना गर्न सक्छौँ ? त्यस कारणले निष्पक्षता, पारदर्शिता, सुशासनको लागि पनि हाम्रो नियुक्ति प्रणालीहरुमा सुधार गर्नु छ । निर्वाचन प्रणालीमा सुधार गर्नु छ । संविधान अभ्यास गरेर हेरिसक्यौँ त्यस कारण पुनरावलोकन गर्ने बेला भयो ।

    निर्वाचन प्रणाली कस्तो बनाउने त ?

    यो सरकारले सुरुमा के भन्यो भने संविधान संशोधन गर्नुपर्ने भएको हुनाले हामी ठुला दलहरू मिल्नुपर्यो भन्ने मुख्य विषयको रूपमा आयो । हामीले भन्यौँ, त्यो स्वागतयोग्य विषय हो । मैले अघि भनेजस्तो संविधान त रिभ्यु गर्ने बेला भइसक्यो । सुरुदेखि नै हामीले भन्यौँ यो संविधानले त काम गर्दैन । यसले डेलिभरी दिन सक्दैन भनेर त भन्यौँ तर धेरैले नपत्याइने त्यो सानो स्वरमा भयो । हामी सानो सङ्ख्यामा भयौँ । तर अहिले त अभ्यासले नै प्रमाणित गरेको बेला यदि ठुला राजनीतिक दलहरूले नै त्यो कुरालाई स्विकार्दछन् भने त खुसीको कुरा हो भनेर हामीले स्वागत गर्यौँ ।

    तर अहिले सरकार त्यतातिर उन्मुख देखिँदैनन् मात्र होइन । सत्तारुढ पार्टीको एक जना महासचिवले भन्नुभयो कि, समानुपातिक र साना राजनीतिक दलहरू अस्थिरताका कारक भए, त्यस कारण थ्रेसहोल्ड बढाउनुपर्छ र दुई दलीय व्यवस्थामा जानुपर्छ भनेर भन्नुभयो । त्यो त भयानक प्रतिगमन हो । किनभने बहुदलीय व्यवस्थाबाट दुई दलीय व्यवस्थामा लाने भन्ने कुरा र नेपालका तीन वटा महत्त्वपूर्ण परिवर्तनहरू २००७ साल, ०४६ साल र ०६२/०६३ यी आन्दोलन र परिवर्तनहरूमा हामी कतिको सहभागिता थिएन होला । कतिपयमा हाम्रो सहमति थिएन होला । तर यी तीन वटा आन्दोलन र परिवर्तनले तीन वटा महत्त्वपूर्ण चिजहरू स्थापित गर्यो ।

    ०७ सालले प्रजातन्त्र, ०४६ सालले बहुदलीय व्यवस्था र ०६२/०६३ ले समावेशी समानुपातिकता । यी चिजहरूलाई स्थापित गर्यो । अब मुलुक यसबाट पछाडि फर्किन सक्दैन । तर यसबाटै पछाडि फर्किने खालको जुन चर्चा बाहिर परीक्षण गर्नका लागि छोडियो सत्तारुढ राजनीतिक दलबाट यो दुःखद विषय हो र मुलुक त्यतातर्फ जान सक्दैन । मिलाउनुपर्ने थुप्रै विषय छन्, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाऔँ । सांसदलाई पूर्ण समानुपातिक बनाऔँ । सांसदले मन्त्री हुन नपाउने व्यवस्था मिलाऔँ । सरकार स्थिर भइहाल्छ नि । अब संविधान संशोधनको विषय आउँदाखेरि एउटा विषयमा मात्रै होइन । समग्रमा नमिलेका विषयहरू मिलाउनेगरी आयोग बनाएर अगाडी गइयो भने समाधानमा पुग्न सकिन्छ ।

    सांसदलाई पूर्ण समानुपातिक बनाऔँ । सांसदले मन्त्री हुन नपाउने व्यवस्था मिलाऔँ । सरकार स्थिर भइहाल्छ नि । अब संविधान संशोधनको विषय आउँदाखेरि एउटा विषयमा मात्रै होइन । समग्रमा नमिलेका विषयहरू मिलाउनेगरी आयोग बनाएर अगाडी गइयो भने समाधानमा पुग्न सकिन्छ ।

    संविधान संशोधनका लागि दल नै पिच्छे आ–आफ्ना माग र मुद्दाहरू छन्, संशोधन नै गर्ने हुँदा पनि कसरी सहमति जुट्ला भन्ने पेचिलो अवस्था देखिन्छ, सहमति जुटेर संविधान संशोधन हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

    सम्भव छ । देशलाई केन्द्रमा राख्नुपर्यो । हामी सबैभन्दा माथि देश छ । देशभन्दा माथि अर्को केही कुरा पनि छैन भन्ने कुरालाई हामीले केन्द्रमा राखेर काम गर्यौँ भने समाधान ननिस्किने र सहमति नहुने भन्ने कुरा छैन । मैले भने नि, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको विषयमा आज सैद्धान्तिक रूपमा कुन राजनीतिक दल असहमति छ र ? खालि म हुन्छु कि हुँदिन होला ? यस्तो निर्वाचन प्रणाली भयो भने त म बढारिन सक्छु । अरू कोही मान्छेलाई पनि जिताउन सक्छ भन्ने विषयलाई केन्द्रमा राखेर । आफूलाई केन्द्रमा राखेर अलमल्याउन र अल्मल्लिन खोज्दा न समस्या आउने हो ।

    तर अहिले सबै राजनीतिक दलहरूले करिब–करिब आन्तरिक रूपमा महसुस गरेको हो कि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने कुरामा । प्रदेश तहको खारेजीको कुरामा सबै दलहरू एक प्रकारले सहमत छन् । हामीले सङ्घीयतालाई अधिकारसँग जोड्ने हो भने अधिकार स्थानीय तहमा दिँदा भइहाल्यो । स्थानीय तहलाई अधिकार सम्पन्न बनाऔँ । जुन सङ्घीयताको नाममा हामीले अधिकार डेलिभरीको कुरा गरिराखेका छौँ । तल्लो तहमा अधिकार पठाउनुपर्छ भन्ने कुरा गरिराखेका छौँ, त्यसमा कहाँ राप्रपा असहमत छ र ? त्यो सबैले भनिराखेको विषय हो ।

    सङ्घीयताको नाममा प्रदेश संरचना बोकेर हामी कहीँ पनि पुग्न सक्दैनौँ । त्यस कारण यो सबैको सहमतिको विषय हो । मलाई लाग्छ, सबै सहमत हुनुहुन्छ । राजा मान्छन् त अरूले भन्नेजस्तो प्रश्न पनि छन् । राजालाई पनि कुनै न कुनै स्थान दिउँ । राजाले अभिभावकको भूमिकामा बस्ने जनताका प्रतिनिधिहरूले सरकार चलाउने यो व्यवस्था निर्माण गरेर जान सकिहालिन्छ नि ।

    हालसम्मका संवैधानिक राष्ट्रपतिहरूले अभिभावकीय भूमिका निर्वाह गर्न सक्नुभएको छैन र ?

    दलबाट निर्वाचित राष्ट्रपति, दलको उम्मेदवार राष्ट्रपति अन्ततोगत्वा त्यो साझा व्यक्ति हुन नसक्ने रहेछ । र दलको निर्देशनमै परिचालित हुने रहेछ भन्ने कुरा त तीन जनै राष्ट्रपतिबाट प्रमाणित भइसक्यो । अन्तर्राष्ट्रिय मान, सम्मानका दृष्टिले पनि राष्ट्रपति र राजसंस्थामा आकाश, जमिनको फरक हुन्छ । त्यस कारणले हामीले इतिहास, परम्पराको निरन्तरताको प्रतीक र अन्तर्राष्ट्रिय मान, सम्मानको खातिर पनि राजसंस्थालाई कुनै न कुनै प्रकारको ठाउँ दिएर जानु उपयुक्त हुन्छ भन्ने प्रस्ताव अगाडी सारिराखेका छौँ र मलाई लाग्छ त्यो स्वीकार गर्न दलहरूलाई पनि कुनै असुविधा हुँदैन ।

    हामीले इतिहास, परम्पराको निरन्तरताको प्रतीक र अन्तर्राष्ट्रिय मान, सम्मानको खातिर पनि राजसंस्थालाई कुनै न कुनै प्रकारको ठाउँ दिएर जानु उपयुक्त हुन्छ भन्ने प्रस्ताव अगाडी सारिराखेका छौँ र मलाई लाग्छ त्यो स्वीकार गर्न दलहरूलाई पनि कुनै असुविधा हुँदैन ।

    किनभने दलहरूबाट निर्वाचित अथवा जनताका प्रतिनिधिहरूले देशको सरकार चलाउने भइसकेपछि राजसंस्थाको बारेमा त्यतिधेरै आत्तिनुपर्ने, चिन्ता लिनुपर्ने अवस्था आउँछ जस्तो मलाई लाग्दैन । राष्ट्रपति हामी सबैको साझा र अभिभावक हुन नसक्ने रहेछ । त्यो त प्रमाणित नै भएको छ ।

    संविधान संशोधनको विषयमा दलका शीर्ष नेताहरुका बीचमा अनौपचारिक छलफल सुरु भएको छ ?

    अहिले त्यो बेला नै भएको छैन । पहिलो कुरा संविधान संशोधनको विषय नै औपचारिक रूपमा सरकारले प्रवेश गराएको अवस्था छैन । तर यदि संविधान संशोधनको विषय औपचारिक बनेर आयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीको त संविधान संशोधन सम्बन्धी फरक मतहरू सार्वजनिक रूपमै धारणाहरू आइराखेका छन् ।

    त्यस्तो बेला हामी कुन सन्दर्भमा लचिलो हुनुपर्छ र अरू दलहरू पनि कहाँ–कहाँ लचिलो हुनुपर्छ भनेर त हामीले राखेरै जान्छौँ । हामीलाई थाहा छ कि सङ्ख्याका हिसाबले हाम्रा सीमाहरू छन् । त्यस विषयलाई पनि ध्यानमा राखेर अगाडी बढ्छौँ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend