logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ८२ करोडमा चितवनमा ‘मुनाल एन्ड मयुर वेलनेस’ निर्माणधीन, एक वर्षमा सकिने

    ८२ करोडमा चितवनमा ‘मुनाल एन्ड मयुर वेलनेस’ निर्माणधीन, एक वर्षमा सकिने

    1.8K
    Shares
    ८२ करोडमा चितवनमा ‘मुनाल एन्ड मयुर वेलनेस’ निर्माणधीन, एक वर्षमा सकिने

    काठमाडौं । निजी लगानीमा निर्माणाधीन मुनाल एन्ड मयूर वेलनेस रिट्रिट होटलको लागत बढेको छ । होटलको लागत बढेर ८२ करोड ३० लाख रुपैयाँ पुगेको छ । यसअघि निर्माण सुरु गर्दा मुनाल एन्ड मयुरको लागत ५५ करोड ४० लाख रुपैयाँ हुने अनुमान गरिएको थियो ।

    यसबीचमा मुनाल एन्ड मयुरको लागत झण्डै २७ करोड रुपैयाँ बढेको छ । होटल परियोजना बनाउन २६ प्रतिशत संस्थापक स्वपुँजी (इक्विटी) र ७४ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ । होटलले ५५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    वेलनेस र रिट्रिट थप पूर्वाधार बनाउँदा लागत बढेको मुनाल एन्ड मयुरले जनाएको छ । निर्माण कार्य अब एक वर्षभित्र (सन् २०२५ सेप्टेम्बर) मा सक्ने होटलले जनाकारी दिएको छ ।

    चितवनमा निर्माणाधीन मुनाल एन्ड मयुरको गत असारदेखि आंशिक सञ्चालनमा आइसकेको छ । होटल ‘मुनाल एन्ड मयुर मेडिकल वेलनेस रिट्रिट’ ब्रान्डमा सञ्चालन भइरहेको छ । पूर्ण क्षमतामा आउन अझै एक वर्ष लाग्ने देखिएको छ । होटलमा ३६ कोठाका साथै सातवटा भिल्ला हुने भएको छ । २६ वटा कोठा निर्माण भइ सञ्चालनमा आइसकेको होटलले जनाएको छ ।

    होटलको मूख्य लगानीकर्ता लाक्पा डुन्डुप लामा रहेका छन् । मुनाल एन्ड मयुरमा उनको ७५ प्रतिशत स्वामित्व रहेको छ । होटलको निर्माण सन् २०२२ देखि अगस्टदेखि निर्माण सुरु भएको हो । होटलको व्यवस्थापन डोनाल्ड चाले सम्हालेका छन् ।

    मुनाल र मयुर मेडिकल वेलनेसमा बसिरहेका पाहुनाहरू रिट्रिटले धेरै उल्लेखनीय आकर्षणहरू र स्थलचिन्हहरूको नजिकको आनन्द लिन सक्छ ।

    नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्जमा बाघ, एकसिङ्गे गैँडा र हात्तीहरूको घर हो । जसले यसलाई वन्यजन्तु उत्साहीहरूका लागि हेर्नैपर्ने गन्तव्य बनाएको छ । सामुदायिक वन नजिकैको रिसोर्ट रहेको छ ।

    सामान्यतया, होटलहरू बैंकबाट लिएको ऋण तिर्न लामो गर्भावस्थाको अवधि चाहिन्छ । होटल परियोजनाहरुको निर्माण र स्थिरतादेखि लामो गर्भावस्था अवधि छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend