logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिए पदबाट राजीनामा

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिए पदबाट राजीनामा

    2.5K
    Shares
    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिए पदबाट राजीनामा

    नयाँदिल्ली/एएफपी । भारतकाे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएका केजरीवालले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

    मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा केही समय अघि केजरीवाललाई हिरासतमा लिइएको थियो । केजरीवालको पार्टीले उनको गिरफ्तारीलाई मोदीको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले बनाएको ‘राजनीतिक षड्यन्त्र’ भएको आरोप लगाएको थियो ।

    सर्वोच्च अदालतले गत साता उनलाई आधिकारिक फाइलहरूमा हस्ताक्षर नगर्ने र मुख्यमन्त्री कार्यालय नजाने शर्तमा जमानत दिएको थियो । केजरीवालले आगामी वर्षको प्रारम्भमा हुने दिल्ली निर्वाचनमा जनताबाट नयाँ जनादेश खोज्नका लागि राजीनामा दिएको प्रतिक्रिया दिए ।

    दिल्लीकी शिक्षामन्त्री आतिशीले अन्तरिम रूपमा उनको स्थान लिनेछिन् । ४३ वर्षीया आतिशीले आफ्नो मनोनयनपछि अझै पनि मार्गदर्शनका लागि आफ्ना पूर्ववर्तीलाई हेर्ने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend