logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • काठमाडौं स्पाइकर्सको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम आयोजना हुँदै

    काठमाडौं स्पाइकर्सको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम आयोजना हुँदै

    399
    Shares
    काठमाडौं स्पाइकर्सको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम आयोजना हुँदै

    काठमाडौं । काठमाडौं स्पाइकर्सले आसन्न ‘वात्सल्य एभरेस्ट महिला भलिबल लिग’ अन्तर्गत आफ्नो टोलीको आगामी सिजनका लागि नयाँ प्रतिभाशाली खेलाडी छनोट गर्न विशेष ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम दशरथ रंगशालास्थित कभर्ड हलमा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।

    काठमाडौं स्पाइकर्सका प्रमुख कार्यकारी अधिकृत सुदीक्षा अधिकारीले आगामी भलिबल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन् ।

    अधिकारीले भनिन्, ‘हाम्रो उद्देश्य आगामी भलिबल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने खेलाडीहरूलाई अवसर प्रदान गर्नु हो।’

    काठमाडौं स्पाइकर्सले नयाँ पुस्ताका खेलाडीलाई प्रोत्साहन गर्दै उनीहरूको प्रतिभा उजागर गर्न र खेल क्षेत्रको विकासमा योगदान गर्ने लक्ष्य राखेको छ। कार्यक्रमले युवा तथा उत्साही खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend