logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • चीनले विश्वका वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र खोल्ने

    चीनले विश्वका वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र खोल्ने

    301
    Shares
    चीनले विश्वका वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र खोल्ने

    भियना, सिन्ह्वा । चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ ।

    यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावेश रहेको चिनियाँ आणविक ऊर्जा प्राधिकरण (सिएइए) का उपाध्यक्ष लिउ जिङले जानकारी दिए ।

    चाइना नेशनल न्युक्लियर कर्पोरेशनका अध्यक्ष यु जियानफेङले एक कार्यक्रममा कम्पनीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सहकार्यलाई अझ प्रगाढ बनाउने र अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्ने लक्ष्य राखेको बताए । उनले चीनको आणविक अनुसन्धान केन्द्र खोल्दा विश्वमा आणविक प्रविधिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

    आइएइएका उपमहानिर्देशक मिखाइल चुडाकोभले आणविक ऊर्जा विकासमा चीनको उल्लेखनीय उपलब्धिको प्रशंसा गरे ।

    चीनको आणविक अनुसन्धान र विकास केन्द्रहरू थप खोल्ने निर्णयको स्वागत गर्दै चुडाकोभले यस कदमले सदस्य राष्ट्रहरूलाई सहयोग गर्ने एजेन्सीको प्राविधिक क्षमतालाई अझ बलियो बनाउने बताए ।

    संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि चीनका स्थायी प्रतिनिधि ली सोङले भियनामा आयोजित स्वागत समारोहमा चीन र आइएइएले विगत ४० वर्षदेखि आणविक ऊर्जाको विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्दै व्यावहारिक सहयोग विस्तार गरेको बताए ।

    चीनले अन्तर्राष्ट्रिय सुरक्षामा उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न, विश्वव्यापी अप्रसार प्रणालीको रक्षा गर्न र ग्लोबल साउटको फाइदाका लागि आणविक ऊर्जा र प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न र यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यलाई निरन्तरता दिने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend