logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • दाङ शान्तिनगरको जनकल्याण मावि देशभरमै तृतिय स्थानमा, एक लाख नगदसहित पुरस्कृत

    दाङ शान्तिनगरको जनकल्याण मावि देशभरमै तृतिय स्थानमा, एक लाख नगदसहित पुरस्कृत

    525
    Shares
    दाङ शान्तिनगरको जनकल्याण मावि देशभरमै तृतिय स्थानमा, एक लाख नगदसहित पुरस्कृत

    काठमाडौं । दाङको शान्तिनगर गाउँपालिकाको जनकल्याण माध्यमिक विद्यालय देशभरमै तृतिय स्थान हासिल गर्न सफल भएको छ । शान्तिनगर गाउँपालिका–२ सिमसुन्दरपुरस्थित जनकल्याण माध्यमिक विद्यालय देशभरमै तृतिय स्थान हासिल गर्न सफल भएको हो ।

    बुधवार राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयहरु मध्येबाट शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा देशैभरीबाट तृतिय स्थानमा नतिजा हासिल गरेकोमा विद्यालय सम्मानित भएको हो ।

    उक्त विद्यालयले मावि राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

    उक्त पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्राईद्वारा विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend