logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाने

    प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाने

    1.2K
    Shares
    प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गते अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल असोज ४ गते अमेरिका जाने भएका हुन् ।

    प्रधानमन्त्री ओली असोज ८ गते अमेरिकाको न्यूयोर्कमा सुरु हुने राष्ट्रसंघको महासभाको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

    असोज ९ गते उनी अमेरिकी राष्ट्रपति जो बाइडेनको रात्रीभोजमा पनि सहभागी हुने छन् ।

    परराष्ट्र मन्त्रालयको विज्ञप्ति अनुसार १० असोजमा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नेछन् ।

    प्रधानमन्त्रीको भ्रमण टोलीमा उनीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राण देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत रहनेछन् ।

    प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend