logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • खुदोसहित ९ करोडको मालवस्तु बंगलादेश निर्यात

    खुदोसहित ९ करोडको मालवस्तु बंगलादेश निर्यात

    245
    Shares
    खुदोसहित ९ करोडको मालवस्तु बंगलादेश निर्यात

    झापा । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट आठ करोड ९९ लाख २० हजार आठ सय एक रुपैयाँ बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ ।

    नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान बङ्गलादेशबाट आयात भएको छ ।

    कार्यालयको तथ्याङ्कअनुसार नेपालबाट मुख्य रुपमा खुदो बङ्गलादेश निर्यात भइरहेको छ । दुई महिनामा सात करोड ६७ लाख ८१ हजार ५२२ रुपैयाँ मूल्य बराबरको खुदो निर्यात भएको छ ।

    गोदाम व्यावस्था कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एण्ड रेडिमेड ग्रामेन्ट, प्लास्टिक फर्निचरलगायत मालबस्तु बङ्गलादेशबाट आयात भएका छन् । सो अवधिमा सबैभन्दा बढी ४१ करोड ५७ लाख ८७ हजार छ सय ५२ रुपैयाँ मूल्य बराबरको जुट आयात भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend