logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी ५ रुपैयाँ छुट

    हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी ५ रुपैयाँ छुट

    210
    Shares
    हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी ५ रुपैयाँ छुट

    हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी पाँच रुपैयाँ छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ ।

    हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए ।

    कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छभने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर सात रुपैयाँ छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए ।

    अरुवा मोटा चामलको एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली एक हजार सात सय २५, स्टिम जिरामसिनो दुई हजार दुई सय ५० रुपैयाँमा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ । यसअघि अरुवा मोटा चामलको एक हजार छ सय ५०, अरुवा सोना मन्सुली एक हजार आठ सय ५०, स्टिम जीरा दुई हजार तीन सय ७५ मा विक्री वितरण हुँदै आएको थियो ।

    पच्चीस केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट एक सय २५ रुपैयाँ छुटमा बिक्री हुन लागेको हो । यस्तै सूर्यमुखी तेल प्रतिपेटीको दुई हजार दुई सय ३० र तोरी तेलको प्रतिपेटी दुई हजार ३० रुपैयाँमा विक्री हुन लागेको हो । सहुलियत मूल्यमा खाद्यान्न विक्री असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गरिने जनाइएको छ । गत वर्ष पनि उक्त कार्यालयले छुटमा खाद्यान्न बिक्री गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend