logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक

    सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक

    623
    Shares
    सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक

    काठमाडौँ । सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

    सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन शुक्रबार वेबसाइटमा सार्वजनिक गरेको हो ।

    छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ ।

    सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नलाई कारबाही गर्न प्रतिवेदनमा भनिएको छ । उक्त सार्वजनिक प्रतिवेदन ११ सय २४ पेज लामो छ ।

    सभापति थापाको सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेको थियो । जेठ १५ गते उक्त समिति बनेको थियो ।

    समितिले तीन महिनाभन्दा लामो समय अध्ययन र छानबिन गरी प्रतिवेदन तयार पारेको हो ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend