logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सारडा र राठी ग्रुपको मदिरा व्यापार बढेर पुग्यो सवा अर्ब

    सारडा र राठी ग्रुपको मदिरा व्यापार बढेर पुग्यो सवा अर्ब

    399
    Shares
    सारडा र राठी ग्रुपको मदिरा व्यापार बढेर पुग्यो सवा अर्ब

    काठमाडौं । सारडा ग्रुप र राठी ग्रुपले संयुक्त लगानीमा सञ्चालन गरिरहेको प्रिमियर अर्गानिक्स लिमिटेडको मदिरा व्यापारमा चमक आएको छ । प्रिमियरको मदिरा व्यापार १० प्रतिशत बढेर १ अर्ब २७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

    २०२३ मा प्रिमियर अर्गानिक्सको मदिरा व्यापार १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा प्रिमियर अर्गानिक्सको मदिरा कारोबार ११ करोड बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

    ग्रेन एक्स्ट्रा न्यूटअल र डिष्टिलरी ड्राइ ग्रेनको बिक्री बढेपछि आम्दानीमा सुधार आएको उद्योगले जनाएको छ । २०२३ मा उद्योगको मदिरा व्यापार २५ प्रतिशत बढेर १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ पुगेको थियो । २०२२ मा ७१ करोड २० लाख र २०२१ मा ४२ करोड २० लाख रुपैयाँ कारोबार गरेको वित्तीय विवरणमा उल्लेख छ । उद्योगले हिमालयन रिजर्भ, पल पल, ओल्ड मन्क, ब्लाक स्टालिन र रोयल रिजर्भ ब्राण्ड मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।

    प्रिमियरले स्कच र बोटल डलरमा किन्दै आएको छ । हेजिङ बिना नै उद्योगले कच्चा वस्तु खरिद गर्दै आएको छ । २०२३ मा कूल आम्दानीको ८९ प्रतिशत हिस्सा १० वटा डिलरको रहेको छ । कूल आम्दानीको ७७ प्रतिशत रकम कच्चा वस्तु खरिदमा खर्च हुने गरेको उद्योगले जनाएको छ । कच्चा वस्तुको मूल्यमा हुने उचारचढावले उद्योगको नाफामा असर पर्न सक्ने सम्भावना हुन्छ ।

    धेरै कर प्राप्त हुने भएका कारण मदिरा उद्योग कर कार्यालयले धेरै नियमन गरेको हुन्छ । उद्योगको मार्जिन १४.९२ प्रतिशत छ । २०२२ मा १७.९६ प्रतिशत थियो । उद्योगको उत्पादन लागत बढेका कारण मार्जिन घटेको हो ।

    पछिल्लो चार वर्षमा उद्योग क्षमताको औसत ६२ प्रतिशत मात्र उपयोग गरेको छ । उद्योगले ७० युपीको पल पल मदिरा उत्पादन २०२१ देखि उत्पादन थालेको हो । उद्योगको ब्लेन्डेड लिकर सेग्मेन्ट क्षमता वार्षिक १२ हजार किलोलिटर छ । यस्तै रेक्टिफाइड स्प्रिट ६ हजार छ । उद्योगले ८३ करोड ५९ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    प्रिमियर डिष्टिरी नामबाट सन् २०१२ मा स्थापना भएको उद्योगको नाम परिवर्तन भएर प्रिमियर अर्गानिक्स भएको थियो । पछि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्नका लागि २०२३ मा प्रिमियर अर्गानिक्स लिमिटेडमा परिणत भएको हो । उद्योग सुनसरीको दुहवीमा छ ।

    सारडा र राठी ग्रुपको सिमेन्ट, प्याकेजिङ, रबर, मदिरा, टिएमटी बार र फूड ग्रेनमा बलियो उपस्थिती रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend