logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • जनताको बहुदलिय जनवाद नेपालको मौलिक राजनीतिक सिद्धान्त हो : कार्यवाहक अध्यक्ष पोखरेल

    जनताको बहुदलिय जनवाद नेपालको मौलिक राजनीतिक सिद्धान्त हो : कार्यवाहक अध्यक्ष पोखरेल

    280
    Shares
    जनताको बहुदलिय जनवाद नेपालको मौलिक राजनीतिक सिद्धान्त हो : कार्यवाहक अध्यक्ष पोखरेल

    काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलिय जनवाद (जबज) नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताएका छन् । शनिबार ललितपुरको जाउलाखेलमा मदन भण्डारी फाउण्डेसनको रजत जयन्ती अवसरमा गरिएको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।

    उनले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्नेगरी अगाडि बढ्नुपर्ने बताए । उनले अहिलेका चुनौतीहरूलाई पहिचान गरी वैचारिक हिसावले दिशानिर्देश गर्ने काममा पनि आगामी दिनमा फाउण्डेशनले योगदान गर्नुपर्ने बताए । उनले नेपालको सन्दर्भमा माक्र्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार जबज भएको बताए । उनले जबजको विचार कतैबाट सापट लिएको विचार नभइ आफ्नै देशमा अभ्यास गरेर विकसित भएको विचार भएको बताए ।

    उनले जनताको बहुदलीय जनवाद स्थापित भएपछि पनि बेलाबेला चुनौतीहरू आउने गरेको बताए ।

    उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक कुराहरूलाई मनन गरेर विकसित भएको, दर्शन र सिद्धान्तले निकालेका निष्कर्षबाट जनताको बहुदलीय जनवाद सूत्रवद्ध भएको बताए ।

    उनले जबजको आलोकमा समाजवाद उन्मुख हुने बाटोमा मुलुक रहेको बताए । उनले संविधान संशोधन आवश्यक रहेको भन्दै संशोधनको विषय सबैसँग छलफल गरेर सरकार अघि बढ्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend