logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • पर्सामा उपेन्द्र यादवको पार्टीमा पहिरो, जिल्ला र महानगर सचिवलगायत नेता जसपामा प्रवेश

    पर्सामा उपेन्द्र यादवको पार्टीमा पहिरो, जिल्ला र महानगर सचिवलगायत नेता जसपामा प्रवेश

    294
    Shares
    पर्सामा उपेन्द्र यादवको पार्टीमा पहिरो, जिल्ला र महानगर सचिवलगायत नेता जसपामा प्रवेश

    वीरगञ्ज। जनता समाजवादी पार्टी (जसपा) नेपालका पर्सा जिल्ला सचिवसहित सक्रिय नेताहरूले पार्टी त्याग गर्दै जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्नुभएको छ ।

    शनिवार वीरगञ्जमा आयोजित एक अनौपचारिक कार्यक्रमका बिच नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको सक्रियतामा जसपा नेपालका जिल्ला सचिव अहमदसहित वीरगञ्ज महानगर कमिटीका सचिव असलम अन्सारी र पार्टी निकट समाजवादी विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष एजाजबाबु रांकीले आज जसपा प्रवेश गर्नुभएको हो ।

    नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै जसपाका उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले पार्टीमा प्रवेश गर्नुभएका नेताहरूको स्वागत गर्दै भन्नुभयो, “तबरेज अहमदजस्ता नेताहरूको पार्टी प्रवेशले जसपा नेपाललाई नि:सन्देह थप मजबुत बनाउनेछ ।

    हाम्रो पार्टीको मूल उद्देश्य जनताको सेवा गर्नु र समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो । यी नेताहरूको आगमनले हामीलाई जनताको पक्षमा अझ राम्रो काम गर्न प्रेरणा मिल्नेछ ।”

    त्यसै गरी उहाँले पार्टी भित्र जनताको आकांक्षालाई पूरा गर्न सक्ने नेताहरूको आवश्यकता रहेको बताउँदै थप्नुभयो, “हामीले संगठनात्मक क्षमतालाई अझ प्रभावकारी बनाउनका लागि सबैले योगदान पुर्‍याउनुपर्छ । आज पार्टीमा सहभागी भएका सबै नेताहरूले भविष्यमा जनताको हितमा महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ ।”

    नवप्रवेशीहरूको आगमनले संगठनलाई मात्र होइन, सम्पूर्ण मधेस आन्दोलनको उद्देश्यलाई पनि मजबुत बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    त्यसै गरी वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै भन्नुभयो, “हाम्रो सङ्गठनलाई बलियो बनाउन सक्षम नेताहरूको आगमनले हामीलाई नयाँ ऊर्जा प्रदान गरेको छ । अब हामी वीरगञ्जलगायत मधेसका जनताको समृद्धि र विकासका लागि अझ प्रभावकारी रूपमा अगाडि बढ्न सक्छौँ ।”

    उहाँले जनताको अपेक्षालाई सम्बोधन गर्दै पार्टीलाई अझ जनमुखी बनाउने दिशामा काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

    पार्टी प्रवेशका क्रममा तबरेज अहमदले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नकारात्मक नेतृत्वशैलीले आफू र अन्य नेताहरूले पार्टी छोड्न बाध्य भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाको अभाव, अध्यक्षको अराजक र असन्तुलित निर्णयले गर्दा हामी जसपा नेपालप्रति निराश भएका हौँ ।”

    उहाँले थप भन्नुभयो, “उपेन्द्र यादवको नेतृत्वमा सङ्गठनको मूल सिद्धान्त र पार्टीका उद्देश्यसँग असङ्गत गतिविधिहरूले असन्तुष्टि पैदा गर्‍यो । त्यसैले, हामीले पार्टी परित्याग गर्ने निर्णय गर्‍यौँ ।”

    उहाँले अब जसपालाई बलियो बनाउन तर्फ आफूहरू लाग्ने संकल्प पनि गर्नुभयो । जसपाले हालैका दिनहरूमा संगठनात्मक संरचनालाई अझ बलियो बनाउँदै लगेको छ । पार्टीमा अनुभव भएका र जनतामा लोकप्रियता हासिल गरेका नेताहरूको प्रवेशले संगठनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend