logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

    श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

    679
    Shares
    श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

    एजेन्सी । श्रीलंकामा राष्ट्रपतीय निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । स्थानीय समय अनुसार शनिवार बिहान ७ बजे शुरु भएको मतदान औपचारिक रुपमा अपराह्न ४ बजे समाप्त भएको थियो ।

    सोही दिन १३ हजारभन्दा बढी मतदान केन्द्रमा निर्वाचनका लागि तोकिएको थियो । स्थानीय सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार मतदान प्रक्रियालाई सहज र सुरक्षित गर्नका लागि करिव ६३ हजार प्रहरी अधिकारीहरूलाई निर्वाचनको काममा खटाइ देशभर व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो ।

    राष्ट्रपतीय निर्वाचनमा १ करोड ७० लाखभन्दा बढी मानिस मतदान गर्न योग्य छन् । यस वर्षको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे, विपक्षी दलका सजित प्रेमदासा र राष्ट्रिय जनशक्तिका अनुरा कुमारा दिसानायकेलगायत ३८ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । चुनाव जित्नका लागि उम्मेदवारलाई ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ ।

    यदि कुनै पनि उम्मेदवारले त्यस्तो बहुमत प्राप्त गर्न सकेन भने यसले दोस्रो चरणमा जानेछ । नोभेम्बर २०१९ मा राष्ट्रपति चुनाव जितेका गोटाबाया राजापाक्षेले देशमा गम्भीर आर्थिक संकटको बीचमा जुलाई २०२२ मा पदबाट राजीनामा दिए । राजापाक्षेले राजीनामा दिएपछि संसदमा भएको निर्वाचनमा विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend