logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • जनताको आवश्यकता र अपेक्षाअनुसार संविधान परिमार्जन गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    जनताको आवश्यकता र अपेक्षाअनुसार संविधान परिमार्जन गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    287
    Shares
    जनताको आवश्यकता र अपेक्षाअनुसार संविधान परिमार्जन गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरुलाई कुनैपनि कोणबाट कुठाराघात नगर्नेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् । आईतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले उपलब्धिको रक्षा हुनेगरी संविधान संशोधन भए आफूहरुको पूरा सहयोग रहने बताए । उनले संविधान संशोधन गर्दा संविधान जारी गर्दाखेरी र अहिलेका अनुभवका आधारमा हुनुपर्ने बताए । उनले सबै सहमत भएको अन्तरवस्तु तर बुँदाहरु, धाराहरु मिलाउँदा नमिलेको कुराहरुमा अहिले सहमति जुटाउन सकिने बताए । उनले संविधानलाई राम्रो र परिष्कृत बनाउन नयाँ अध्यायन थप्नेगरी अघि बढ्नुपर्ने बताए ।

    वर्तमान सरकार बन्ने प्रसंगसँग संविधान संशोधनको विषय आएकाले केही विवाद आएको बताए । उनले समावेशी, समानुपातिक पक्षहरुमा पछि नहट्ने विषयमा सरकार सरकारमा सहभागी राजनीतिक दलहरुले स्पष्ट पारिसकेको भन्दै अब सोहीअनुसार अघि बढ्न जरुरी रहेको बताए ।

    वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उपलब्धिको रक्षा गर्न नेपाली समाज र जनताको आवश्यकता र अपेक्षाअनुसार संविधान परिमार्जन गर्नुपर्ने बताए । उनले प्रतगिमन मुर्दावाद भनेर मात्रै संविधानको रक्षा नहुने बताए । लोकतन्त्र र संविधानको रक्षा गर्न नेपाली जनताले सामाजिक र आर्थिक क्षेत्रको रुपान्तरण गर्नसक्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend