logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • संविधान संशोधनबाट महिला र दलितको प्रतिनिधित्व बढ्छ : गगन थापा

    संविधान संशोधनबाट महिला र दलितको प्रतिनिधित्व बढ्छ : गगन थापा

    931
    Shares
    संविधान संशोधनबाट महिला र दलितको प्रतिनिधित्व बढ्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समावेशिता, समानुपातिक प्रतिनिधत्व बढ्नेगरी संविधान संशोधन हुने बताएका छन् । आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले आन्दोलनबाट स्थापित महिला, दलितको प्रतिनिधित्व नघटाउने गरी संविधान संशोधन हुने दाबी गरे । उनले १० वर्षको संविधानको अनुभवका आधारमा संशोधन गर्न लागेको भन्दै विशेष गरी निर्वाचन प्रणालीको विषय बहसमा रहेको उल्लेख गरे ।

    उनले निर्वाचन प्रणालीबाट सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने पनि बताए । उनले कसैको दबाब र लहडमा नेपाली कांग्रेस प्राप्त उपलब्धिबाट पछाडि नहट्ने बताए । उनले समानुपातिक प्रणाली हटाइ राष्ट्रिय सभालाई समानुपातिक बनाउने कुरा पार्टीका केही नेताहरुले गरेको भन्दै कांग्रेस त्यसको पक्षमा नरहेको बताए ।

    उनले राष्ट्रिय सभालाई समानुपातिक बनाउने कुरा कांग्रेसको नीति नरहेको भन्दै गलत प्रचार नगर्न पार्टीका नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले आन्दोलनबाट स्थापित गरेको समावेशिता, समानुपातिक प्रतिनिधत्व, महिला, दलितको प्रतिनिधित्व बढ्ने तर नघट्ने प्रतिवद्धता जनाए ।

    महामन्त्री थापाले सात बुँदे सहमति हुनुभन्दा पहिला नै निर्वाचन प्रणाली लगायतका केही विषयमा संविधान संशोधन गर्नेकुरा उल्लेख गरेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend