logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • एरिकाले दिलाइन् नेपाललाई रजत पदक

    एरिकाले दिलाइन् नेपाललाई रजत पदक

    805
    Shares
    एरिकाले दिलाइन् नेपाललाई रजत पदक

    काठमाडौँ । २०औँ एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले रजत पदक प्राप्त गरेकी छिन् ।

    चीनको हाङ्जाउमा आज भएको खेलमा ६८ किलो माथिको तौल समूहको फाइनल खेलमा एरिका भियतनामकी नाओन थि नुयेनसँग ६–० अङ्कले पराजित भइन् । यसअघि सेमिफाइनल खेलमा उनले थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० अङ्कले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।

    एसियन कराते फेडरेसनले आयोजना गरेको एसियन च्याम्पियनसिपमा एरिकाले प्राप्त गरेको रजत पदक नै नेपालका लागि पहिलो हो । अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर कराते च्याम्पियनसिपमा पदक जित्न सकेका छै्नन् ।

    एरिकाले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरियन्ने व्रिटोलाई ४–० अङ्कले पराजित गरेकी थिइन । उनले क्वाटरफाइनल खेलमा कजाकिस्तानकी सोफिया बेरुल्टसेभालाई पराजित गरेकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend