logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • सांसद एकनाथ ढकालद्वारा हंगेरियन संसदको विदेश मामिला समितिको अध्यक्षसंग भेट

    सांसद एकनाथ ढकालद्वारा हंगेरियन संसदको विदेश मामिला समितिको अध्यक्षसंग भेट

    434
    Shares
    सांसद एकनाथ ढकालद्वारा हंगेरियन संसदको विदेश मामिला समितिको अध्यक्षसंग भेट

    बुडापेस्ट। मित्र राष्ट्र हंगेरिको मैत्रीपुर्ण भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले हंगेरीयन संसदका विदेश मामिला समितिका सभापति ज्सोल्ट नेमेथ संग शिष्टाचार भेट गर्नु भएको छ ।

    हंगेरीयन संसद भवनमा भएको भेटमा दुइ मित्र राष्ट्रको आपसी हित, नेपाल र हंगेरीको संसद बीच आदान प्रदान र समान चासोको बिषयमा सहकार्य बारे छलफल भएको सांसद ढकालको सचिवालयले जनाएको छ। भेटमा सांसद ढकालले अध्यक्ष ज्सोल्ट नेमेथलाइ नेपालको भ्रमण गर्न गर्नु भएको आग्रहको उहाँले ग्रहण गर्दै उपयुक्त समयमा हंगेरीका सांसदहरुले नेपाल भ्रमण गर्ने बिश्वाश दिलाए।

    सांसद ढकालले प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राज किशोर यादवको शुभकामना संदेश पनि अध्यक्ष ज्सोल्ट नेमेथलाइ दिएका थिए।

    हंगेरीयन संसदका विदेश मामिला समितिका सभापति ज्सोल्ट नेमेथको मैत्रीपुर्ण निमन्त्रणामा ३ दिने भ्रमणको लागि बुडापेस्ट पुग्नु भएका ढकालले हंगेरीका सांसदहरुसंग अन्तरक्रिया गर्नुको साथै संसद भवनको पनि अबलोकन गरेका थिए। हंगेरीको संसद भवन विश्वकै एक सुन्दर, कलात्मक र बिशाल मानिन्छ। हंगेरी संसद भवनको उद्घाटन सन् १९०४ मा भएको थियो र यस भवनको डिजाइन इमरे स्टाइन्डलले गरेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend