logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • नेपालको लगातार तेस्रो हार, क्यानडासँग ५ विकेटले पराजित

    नेपालको लगातार तेस्रो हार, क्यानडासँग ५ विकेटले पराजित

    1.3K
    Shares
    नेपालको लगातार तेस्रो हार, क्यानडासँग ५ विकेटले पराजित

    काठमाडौं । नेपालले आइसिसी विश्व कप लिग २ को तेस्रो खेलमा क्यानडासँग पराजित भएको छ । आज विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल पाँच विकेटले पराजित भएको हो ।

    १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो ।

    क्यानडाको किङ सिटीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन बनाएको थियो ।

    सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए ।  गुलशन झाले ५६ बलमा ३४ रन बनाएका थिए ।

    सोमपाल ४८ बलमा २१ रन बनाउदै साद विन जाफरको बलमा आउट भएका थिए । ओपनर अर्जुन साउदले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    करण केसी र सन्दीप लामिछानेले नवौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । करणले २८ बलमा २४ रन बनाएका थिए ।

    अब नेपालले सोमबार ओमानसँग खेल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend