logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • सुरक्षालाई मध्यनजर गर्दै अमेरिकामा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु सहभागि हुने कार्यक्रम स्थगित

    सुरक्षालाई मध्यनजर गर्दै अमेरिकामा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु सहभागि हुने कार्यक्रम स्थगित

    9.7K
    Shares
    सुरक्षालाई मध्यनजर गर्दै अमेरिकामा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु सहभागि हुने कार्यक्रम स्थगित

    काठमाडौँ । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागि हुने वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ ।

    सुरक्षालाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको बताइएको छ । न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ ।

    यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend