logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • वागमती प्रदेश क्रिकेट संघद्वारा खेलाडी र प्रशिक्षक सम्मानित

    वागमती प्रदेश क्रिकेट संघद्वारा खेलाडी र प्रशिक्षक सम्मानित

    266
    Shares
    वागमती प्रदेश क्रिकेट संघद्वारा खेलाडी र प्रशिक्षक सम्मानित

    काठमाडौं । वागमती प्रदेश क्रिकेट संघले सोमबार चार खेलाडी र एक प्रशिक्षकलाई सम्मान गरेको छ । आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसरमा संघले सोमवार बागमती प्रदेशका उदीयमान खेलाडीमा महिलातर्फत एलिसा गुरुङ र पुरुषमा आशुतोष घिरैयालाई नगदसहित सम्मान गरेको हो ।

    सिनियर महिलामा खुशी डंगोल र पुरुषमा सूर्य तामाङ सम्मानित भए । सोही अवसरमा संघले प्रशिक्षक राजु बस्न्यातलाई पनि सम्मान गर्यो । संघले पाँचै जना नगद १० हजार रुपैयाँबाट सम्मान गरेको हो ।

    वागमती प्रदेश क्रिकेट संघको साधारणसभाको अवसरमा विभिन्न कार्यक्रम भएका थिए । उद्घाटन सत्रमा संघका सचिव प्रसन्न शाक्यले कार्यालय स्थापना, डाइरेक्ट, प्रशिक्षक नियुक्ति, प्रशिक्षक कोचिङ कोर्ष र प्रतियोगितामा वागमतीको सहभागिताबारे जानकारी दिएका थिए ।

    उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेलगायत उपस्थित थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend