logo

२०८१ पुष १७ बुधबार

logo
  • बुधबार, १७ पुष २०८१
  • राष्ट्रिय झन्डा जलाउनेलाई ५ बर्ष सम्म कैद ५० हजार सम्म जरिवाना !

    राष्ट्रिय झन्डा जलाउनेलाई ५ बर्ष सम्म कैद ५० हजार सम्म जरिवाना !

    2.9K
    Shares

    भदौ ३ काठमाडौँ, नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको ”देशद्रोही” बोलको एउटा गीत भदौ १ गते सोमबार ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट अपलोड भयो उक्त गितको भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समेत समावेश गरिएको छ भने अन्य धेरै शब्दहरु यो समाचारमा उल्लेख गरिएको छैन उल्लेख गर्न लायक पनि छैनन 

    नेपाल बार एसोसिएसनका पुर्ब उपाध्यक्ष अधिबक्ता रामप्रसाद सापकोटाका अनुसार जसले यो झन्डाका बिरुद्दमा खेद गर्यो, जातीय र साम्प्रदायिक हिसाबले राष्ट्रिय स्वाधीनता र जातीय साम्प्रदायबीचको एकतालाई खलल पुर्याउने गरि जुन गित गायो यो राज्य बिरुद्धको कसुर हो यसलाई क्रिमिनल कोर्टको दफा ४९ मा प्रस्ट संग भनिएको छ नेपालको स्वाधीनता राष्ट्रियता अखण्डता र जातजतिबीचको सामाजिक सद्भाव आधारभूत मान्यताहरु खलल पुर्याउने गरि कसैले पनि कसुर गर्नु हुँदैन । यस किसिमको कसुरमा ५ बर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना गर्ने सक्ने ब्यबस्था छ ।

    हेरौ यसैसन्दर्भमा सुनौलो नेपालले नेपाल बार एसोसिएसनका पुर्ब उपाध्यक्ष तथा अधिबक्ता शालिकराम सापकोटासंग गरेको कुराकानी 

    यसैबीच प्रहरीले नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा महानगरिय अपराध महाशाखा काठमाण्डौको टोलीले एकजनालाई पक्राउ गरिसकेको छ । पक्राउ गर्ने व्यक्तिको नाम अहिले सम्म गोप्य राखिएको छ भने उक्त कार्यमा संलग्न अन्यको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend