logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • बजाजले गर्यो ग्रान्ड कार्निभल आयोजना, पुरानो दिएर नयाँ बाइक किन्ने मौका

    बजाजले गर्यो ग्रान्ड कार्निभल आयोजना, पुरानो दिएर नयाँ बाइक किन्ने मौका

    819
    Shares
    बजाजले गर्यो ग्रान्ड कार्निभल आयोजना, पुरानो दिएर नयाँ बाइक किन्ने मौका

    काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ । नेपालीहरुको महान चाड दसैं तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।

    यस ग्रान्ड कार्निभल अन्तर्गत ग्राहकहरुले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन् । साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्र मार्फत १० तोला चाँदी जित्ने मौका पाउन सक्नेछन् ।

    यस ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाईक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन् । कार्निभल यही असोज ७ देखी १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा जारी रहनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend