logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता

    श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता

    1.1K
    Shares
    श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता

    काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र माग गरेको थियो ।

    सुनुवाइ समितिले भट्टराईसँग स्नातक उतीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो । भट्टराईले आफूलाई ११ असोजसम्मको समय दिन समितिसँग माग गरेका थिए ।

    सभापति ईश्वरीदेवी न्यौपानेले थप समय दिन नसक्ने भन्दै आफैंले नाम फिर्ता लिने वा समितिले अस्वीकार गर्ने दुईवटा विकल्प मात्र रहेको जानकारी दिएकी थिइन् ।

    त्यसपछि भट्टराईले मंगलबार समितिमा आफूले नाम फिर्ता लिएको उनले बताइन् ।

    सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend