logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • शेयर बजार आज पनि ओरालो, २४ सय बिन्दुमा झर्यो नेप्से परिसूचक

    शेयर बजार आज पनि ओरालो, २४ सय बिन्दुमा झर्यो नेप्से परिसूचक

    406
    Shares
    शेयर बजार आज पनि ओरालो, २४ सय बिन्दुमा झर्यो नेप्से परिसूचक

    काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अकंले घट्दा २४७० बिन्दुमा कायम भएको छ ।

    आज १० कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

    आज १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको २ प्रतिशत, विकास बैंक समूहको ३.०३ प्रतिशत, फाइनान्स समूहको ४.६० प्रतिशत, होटल तथा पर्यटन समूहको २.६६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको २.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    एनएलजी इन्स्योरेन्स कम्पनीको १८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको १७ करोड ५९ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज अपर स्याङगे हाइड्रोका लगानीकर्ताले ७.८३ प्रतिशतका दरले कमाएका छन् ।

    त्यस्तै, हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend