logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ म्युजिक भिडियो सार्वजनिक

    मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ म्युजिक भिडियो सार्वजनिक

    196
    Shares
    मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं । बालगायक मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो सुरशाला युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक भएको हो ।

    गायनमा एकदमै रुची राख्ने राठीले आफ्ना हजुरबुबा, हजुरआमा, बुबा आमाको प्रेम, त्यागप्रति समर्पित यो गीतलाई समर्पित गरेका छन् ।

    म्युजिक भिडियोमा बालगायक राठीकै बुबा आमाको मुख्य अभिनय रहेको छ । यस भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका छन् भने निसल पौडेलले छायांकन गरेका छन् ।

    बालगायक राठीले उक्त गीत हजुरबुबा शखरलाल राठीप्रति समर्पित गरेका छन् । भिडियो र गीतका शब्दहरूले अभिभावकहरूले आफ्ना सन्तानप्रति गर्ने स्नेह, त्यागलाई देखाउँदै सन्तानले अभिभावकको प्रेमप्रति देखाएको सम्मानलाई समेत झल्काएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend