logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • श्रमिकहरुको सामाजिक सुरक्षामा लाग्ने कर हटाउन माग

    श्रमिकहरुको सामाजिक सुरक्षामा लाग्ने कर हटाउन माग

    735
    Shares
    श्रमिकहरुको सामाजिक सुरक्षामा लाग्ने कर हटाउन माग

    काठमाडौं । श्रमिकहरुले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लागेको कर हटाउन सरोकारवालाले माग गरेका छन् ।

    मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले श्रमिकहरुले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लाग्ने कर हटाउन जोड दिएका हुन् ।

    कार्यक्रममा बोल्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले करको कुरामा नीतिगत हस्तक्षेप गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सामाजिक सुरक्षामा कर लागिरहेको भन्दै नीतिगत रुपमा यसको समाधान खोज्नुपर्ने बताए । उनले श्रमिकहरु कार्यरत रहँदा कर व्यहोरिरहने र उपदान कोष फिर्ता लिँदा पनि कर तिर्नुपर्ने अवस्था रहेको भन्दै करको दोहोरोपनालाई पनि हटाउनुपर्ने बताए ।

    उनले भने – ‘करको कुरामा हामीले नीतिमा हस्तक्षेप गर्नुपर्यो । सामाजिक सुरक्षामा पनि करहरु लागिरहेको अवस्था छ । प्रत्यक्ष, अप्रत्यक्ष रुपमा त्यहाँ करहरु लागेको अवस्था छ । दोहोरो करको कुरा पनि आइरहेको छ । अवकाश कोषमा पनि करको कुरा आइरहेको छ । एकातिर कार्यरत अवस्थामा हामीले कर बेहोरिरहेका छौँ । एकमुस्ट रुपमा राखेको उपदान कोषहरुलाई फेरि फिर्ता लिदाँखेरी फेरि कर तिर्नुपर्ने परिस्थिति निर्माण भएको छ । यि सबै किसिमका कुराहरुलाई हामीले नीतिमार्फत सम्बोधन गर्नुपर्छ ।’

    उनले नीतिगत व्यवस्था गरी करको समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend