logo

२०८१ पुष १७ बुधबार

logo
  • बुधबार, १७ पुष २०८१
  • फ्रन्टलाइनरलाई उच्च सम्मान सहित संयम एकता र दृढताका साथ कोरोनासंग लडौ !

    फ्रन्टलाइनरलाई उच्च सम्मान सहित संयम एकता र दृढताका साथ कोरोनासंग लडौ !

    1.6K
    Shares

    भदौ ७ काठमाडौं, नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाले कोरोनासंग लडने फ्रन्टलाइन’ मा कार्य गरिरहेकाहरुको उच्च सम्मान सहित संयमता, एकता र दृढता साथ लड्न सबैमा अपिल गरेको छ।

    आइतबार एक अपिल सार्वजनिक गर्दै पूर्वप्रधानमनत्री समेत रहेका देउउवाले कोरोना महामारीका कारण उत्पन्न प्रतिकूल परिस्थिति सामना संयम र एकता साथ गर्न अपिल गरेका हुन्। उनले महामारी रोक्न लगाइएको लकडाउनका कारण जनजीवन थप कष्टकर बनेको बताएका छन्।

    प्रतिकुल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहनु भएको छ । म हृदय देखिनै उहाँहरुको प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोबैज्ञानिक वातावरणमा खलल हुन नदिन बिशेष ध्यान पु¥याउन सरकारलाई आग्रह गरेको छ ।

    कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेभन्दै  स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिक बीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि कांग्रेस तीनवटै तहका सरकारहरुलाई सजग गराउदै आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ । आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्र्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो । यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गरेका छन् ।

    आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरु संगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भुमिका निरन्तर निभाइरहेका संचारकर्मी एवं हाम्रा गाउँ–शहर देखि अस्पताल सम्मको सफाइमा खटिएका सफाईकर्मीहरुलाई हृदय देखि सम्मान गर्दै यो प्रतिकूलतामा निर्वाह गरेकोको भूमिकाको उच्च सह्राहना समेत गरेका छन् ।

    समयको सदुपयोग गरेर सबल ढंगले कार्य गर्न सरकारलाई अपील

    लक डाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न म सरकारलाई अपील गर्दै पीसिआर परिक्षण ७७ जिल्लामै गर्ने गरि अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परिक्षण व्यापक रुपले पु¥याउन माग गरेका छन् साथै  कोभिड अस्पतालहरु निश्चित र ब्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड ब्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न समेत माग गरेका छन् तथा खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकार समक्ष माग गरेका छन्।क्वारेन्टाइनहरु ब्यवस्थित नहुंदा कोरोनाको विस्तारमा योगदान पुगेको घटनाहरु स्मरण गर्दै मापदण्डयुक्त क्वारेन्टाइनहरुको ब्यवस्थापनमा अविलम्ब ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

    बिदेशमा रहेका नेपालीहरु बारे

    लाखौंको संख्यामा बिदेशमा रहेका नेपाली दिदीबहिनी दाजुभाइलाई कोरोना संक्रमणबाट आफू र आफ्नो परिवारलाई सतर्कतापूर्वक जोगाउन अपील गर्दै  नेपाली जनसम्पर्क समितिहरु तथा देश बाहिर रहेका सबै संघसंस्था र नेपाली दूतावासहरुलाई यो प्रतिकूलताका घडी डायस्पोराका नेपालीहरुको हितमा ऐक्यवद्ध ढंगले कार्य गर्न आग्रह समेत गरेका छन्  ।

    बिदेशमा अप्ठ्यारोमा परेर देश फर्कन चाहने नेपालीलाई उद्वार गर्न नेपाली कांग्रेसले शुरुआत देखि नै सरकारलाई आग्रह र माग गर्दै आएको छ स्मरण गराउदै  नीति र ब्यवहार दुवैमा अस्पष्ट रहेर सरकारले देखाएको ढिलासुस्ती र अन्यौलताले प्रवासी नेपालीको पीडा माथि पीडा थपिएको छ भन्दै बिदेशमा रोजगार गुमाएर बेखर्ची समेत भएका युवाहरूलाई कल्याण कोषको रकम प्रयोग गरेर निःशुल्क उद्वार गर्न गरेको छ ।

    पार्टीका सबै तहका साथीहरू र स्थानीय तहको नेतृत्वलाई

    कोरोनाको संक्रमणबाट जनताको जीवन रक्षामा समर्पित हुनु आज हामी सबै राजनैतिक दल एवं संघसंस्थाहरुको साझा कर्तव्य भएको भन्दै आपसी एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा उच्चतम मानवीय भावना साथ थप कृयाशिल रहन नेपाली कांग्रेसका नेता कार्यकर्तालाई संगै सबै दल, संघसंस्थामा आवद्ध सबैलाई आग्रह गरेका छन ।

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend