logo

२०८१ पुष १७ बुधबार

logo
  • बुधबार, १७ पुष २०८१
  • आन्दोलन र प्रदर्शनले काठमाडौँमा संक्रमण दर बढाएको हो – प्रवक्ता स्वास्थ्य मन्त्रालय

    आन्दोलन र प्रदर्शनले काठमाडौँमा संक्रमण दर बढाएको हो – प्रवक्ता स्वास्थ्य मन्त्रालय

    3K
    Shares

     

    ८ भदौ काठमाडौं । विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणले नेपाललाई थप आक्रान्त पार्दै लगेको छ । गत चैत्रबाट नेपालमा प्रभाव पार्दै आएको कोभिड १९ हालसम्म नियन्त्रणमा आउनको सट्टा स्थिति थप जटिल बन्दै गएको छ । शुरुआती क्षणमा देशभर लकडाउन गरेर कोभिडको प्रभाव मत्थर पारेको सरकारले असारको पहिलो साताबाट लकडाउन खुकुलो गरेसंँगै देशभरका मानिसको गतिविधि बढ्न गयो । जसले गर्दा विभिन्न जिल्लामा रहेका संक्रमितहरु काठमाडौं लगायत अन्य ठाउंँमा छरिन पुगे । संक्रमण दर पुनःअनेपक्षित रुपमा बढ्दै गएपछि सरकारले बढी कोरोना प्रभावित क्षेत्रहरुमा अहिले जोन  निर्धारण गरेर लकडाउन र निशेषधाज्ञा जारी गरेको छ ।

    तराईका सिमानाका केही जिल्ला पछि काठमाडौ समेत कोरोनाको उच्च जोखिममा छ । पिसिआर परीक्षणको दायरा फराकिलो गर्दै गएपछि समुदायस्तरबाट संक्रमितहरु थप देखिन थालेका छन । देशभर अधिकांश नागरिकहरुलाई कोरोना संक्रमित देखिएपनि पछिल्लोपटक  चिकित्सक र स्वास्थ्यकर्मी र प्रहरीहरुमा समेत कोरोनाको संक्रमण बढेका कारण झनै अस्पतालका विरामी लगायत अन्य सेवाग्राहीहरु समेत असुरक्षित बनेका छन ।

    संक्रमणदर बढेपछि सरकारले यसलाई नियन्त्रण र रोकथाम गर्न असफल भएको भन्दै सर्वत्र आलोचना समेत भएको छ । आइतबार सम्म नेपालमा १४९ को मृत्यु भइसकेको छन भने ३१ हजार ९ सय ३५ जना संक्रमित भईसकेका छन । यो भयावह अवस्थाले कस्तो रुप लिन्छ  कसैले अनुमान गर्न सकेका छैनन ।

    सरकारले यसको नियन्त्रण रोकथामको लागि के के गर्दैछ। अहिलेको अवस्था कस्तो छ र नियन्त्रणका लागि सरकारले के कस्ता योजना बनाएको छ ? यसै बिषयमा केन्द्रीत रहेर सुनौलो नेपाल अनलाइन टेलिभिजनका लागी सन्तोष निरौलाले स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमसंँग गरेको कुराकानीको केहि संपादित अंश र पुरा भिडियो ।

    कोरोना संक्रमित दर अनेपेक्षित रुपमा बढ्दै गएको छ किन ?
    नेपालमा संक्रमण दर अहिले बढ्दो क्रममा छ । आजभन्दा ४० दिन अगाडि संक्रमणदर ९ देखि १० प्रतिशत थियो । आजभन्दा २० दिन अघि यो दर घटेर २ प्रतिशतमा झर्यो । तर अहिले फेरी यो दर बढे ९ देखि १० प्रतिशतमा उक्लेको छ । हामी अहिले झण्डै ४५ दिनको अवस्थामा पुगेका छौं । तर संक्रमणको दर जति बढेपनि ?श्रीलंका र भुटानभन्दा हाम्रो देशमा कोरोनाको प्रभाव कम छ । ती देशहरुको तुलनामा धेरै संक्रमण थपिएका छैनन र मृत्युदर पनि बढेको छैन ।
    यो बढ्नुको मुख्य कारण मानिसहरुले जनस्वाथ्यका मापदण्ड पालना गरे्नन । जसका कारण यो संक्रमण बढेको हो । हामीले काठमाडौंमा सर्वेक्षण गरे अनुसार ७२ प्रतिशतले मात्र मास्क लगाएका थिए । १८ प्रतिशतले हेल्च्यात्राई गरेर मास्क नै लगाउंँदैनन । काठमाडौमा ५० लाख मानिसमध्ये करीब ९ लाख मान्छेले जानी जानी मास्क नै लगाएनन । १० प्रतिशत मान्छेले मास्क लगाउनु पर्छ भन्ने थाहानै रहेनछ । कुल १४ लाखले जनस्वास्थ्य मापदण्डनै पाएनन । अर्कोकुरा यही बेलामा धेरै ठाउंँमा आन्दोलन जुलुस प्रर्दशन भए यसले गर्दा संक्रमण दर बढेको हो ।

    पछिल्लो समय काठमाडौँमा संक्रमणदर ह्वात्तै बढ्यो नि किन ?
    काठमाडौँमा केही ठाँउ माइतीघर बालुवाटार प्रधानमन्त्री कार्यालयको अगाडी युवाहरुले जुलुस गर्, प्रर्दशन गरे । जसले गर्दा तिनीहरुले त्यहांँबाट संक्रमण लिएर घर गए र आफ्ना आमा बुबा तथा बुढाबुढीलाई सारे । यसले गर्दापनि  काठमाडौँमा अहिले धेरै संक्रमित भएका छन । यो कुरा स्वास्थ्य मन्त्रालयले पहिलै अनुमान गरेको थियो । म आफू विज्ञको हिसावले पनि यो अनुमान गरेको थिएंँ । सरकार २ करोड ८५ लाख मान्छेको पछि लाग्न सक्दैन । मान्छे आफै सजग हुनुपरयो । सरकारले ल्याउने कार्यक्रम जनताको लागि हो तर जनताले आफ्नै लागि ल्याएको कार्यक्रमलाई साथ नदिनुनै कै कारण अहिले यो अवस्था भोग्नु परेको हो ।

    काठमाडौ जस्तो ठाउंँमा लाखौ जनतालाई कोरोना संक्रमणको बिषयमा थाहा नै नपाउनु सरकारको कमजोरी होइन ?
    सरकारको यसमा पक्कै कमजोरी छ किनकी यो रोग नयाँ रोग हो । कतिपय नागरिकले यो रोग सामान्य रोग हो भनेर बुझे । कतिपयले जाडो मौसममा आएको रोग गर्मी मौसममा आफै ठीक हुन्छ भनेर बुझे । तर मैले ६ महिना अघिपनि यो रोग भ्याक्सिन नआए सम्म पूर्ण नियन्त्रण हुदैन भनेको थिएंँ । यसलाई नियन्त्रण गर्न जनस्वास्थ्यको मापदण्ड पालना गर्नैपर्छ । भीडभाडमा दुरी कायम राखिएन भने ,स्यानिटाइजर प्रयोग सहीरुपमा नगरिएका कारण यस्तो अवस्था आएको हो ।
    उदाहरणको रुपमा इटालीलाई लिउँ त्यहांँ विभिन्न खेलहरुका म्याच भएका थिए । स्पेनमा वाटर फेष्टिभल भएको थियो । बम्बइको रेल स्टेशनमा लाखौ मान्छे जम्मा भएका थिए भने काठमाडौमा पनि त्यतिबेला विभिन्न ठाउंँमा जलुश प्रर्दशन गर्ने मान्छे जम्मा भए । यसकै फलस्वरुप अहिले यो अवस्था आएको हो । यसमा सरकारको कमजोरी छैन ।

    सरकारले पिसिआर परीक्षणको दायरा फराकिलो बनाएको छैन भन्छन नि ?
    पहिले त्यस्तो भएपनि अहिले परीक्षण आवश्यकता भन्दा बढीनै भएको छ । अहिेलेसम्म ६ लाख भन्दा बढी परीक्षण भइसक्यो । साउथ एशियामा भुटान भन्दा पछि सबैभन्दा बढी परीक्षण गर्ने देश हाम्रो हो । हाम्रो देशमा अहिले पोजिटेभि दर ५ देखि ८ प्रतिशतको हाराहारीमा छ । १२ प्रतिशत भन्दा बढी आएमा मात्र अहिल ेगरिएको दायरालाई बढाउनु पर्छ । २ प्रतिशत भन्दा कम भयो भने घटाउनु पर्छ । यो वैज्ञानिक आधारको तथ्यांक हो । एउटा पोजेटिभ केस भेट्टाउन किट परीक्षणमा मात्र सरकारको १ लाख ४ हजार खर्च भएको छ ।

    अब यही अबस्था रहिरहे भयावह अवस्था सिर्जना हुन्छ ?
    स्वासथ्य मापदण्ड अवस्था नअपनाए धेरैको मृत्यु हुन्छ । अब आफै सुरक्षित भएनन भने सरकारले नियन्त्रया गर्न सक्दैन । यसको कुनै उपचार छैन । चिकित्सकले गर्ने भनेको उपचार लक्षणको मात्रै हो । यो सबैले बुझ्नु जरुरी छ । शरीरको रोग प्रतिरोधात्मक ले मानिस बाच्ने हो । रोगबाट मुक्त हुने हो ।
    कोभिड १९ नियन्त्रण गर्न निशेधाज्ञा र लकडाउन मात्र्रै समस्याको समाधान हो र ?
    होइन तर यसको केही वैज्ञानिक आधा।र छन । जस्तो जो मानिस स्वस्थ छन रोग लागिहाल्यो भने उनीहरु पोजेटिभ भएपनि १४ दिन घरमा बसेमा रोग अरुलाई सार्दैनन । त्यसैले यसको दर घटाउन १४ दिन निशेधाज्ञा गर्नुपर्छ र गर्यो भने संक्रमित दर कम हुन्छ । यो बैज्ञानिक आधार पनि हो । यसैकारण पनि सरकारले २ हप्ता निशेधाज्ञा गरेको हो ।

    यो संक्रमणको अवस्था कहिलेसम्म रहला त?

    कम्तिमा एकबर्ष भन्दा बढी यसको प्रभाव रहन्छ । भ्याक्सिन नआएसम्म यो नियन्त्रण हुन सक्द्रैन । रोग प्रतिरोधात्मक क्षमताबाट पनि यो नियन्त्रण त हुन्छ तर यो सही तथ्य र समाधान होइन । तर विश्व स्वासथ्य संगठनका अनुसार यो २०२२ को जनवरी सम्म नियन्त्रण हुन्छ भन्ने अनुमान छ । एक अर्काको सामुन्ने रहेका मान्छेले एकआपसमा शंशकित भएर स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । हाम्रो बानी व्यहोरा र दैनिकी परिवर्तन गर्न सक्नुपर्दछ । नत्र यो नियन्त्रण गर्ने कुरा सरकारको हातमा हुदैन नागरिकको हातमा हुन्छ ।

    हेर्नुहोस सो कुराकानीको पुरा अंश भिडियो सहित


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend