logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

    ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

    497
    Shares
    ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

    लमजुङ । ‘लकडाउन’को समयलाई सदुपयोग गरी गरेको प्रयासले सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटालाई अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग मित्रता गरेकी थिइन् ।

    काम गर्ने इच्छा र जाँगर भएमा तालिम विना पनि दक्षता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन् चित्रकार सापकोटाले । विभिन्न परियोजनाअन्तर्गत स्वदेश तथा विदेशबाट चित्रकलासम्बन्धी काम आउने गरेको उनले बताइन् । “कोरोनाको समयमा घर बाहिर निस्कन नहुने भयो, सोही समयलाई सदुपयोग गर्दै कुची र रङ्ग खेलाउन थालेँ, अहिले व्यावसायिक रुपमा चित्र बेच्न थालेकी छु”, उनले भनिन् ।

    एरिकाले कडा मेहनत र लगावका कारण आफू चित्रकार बनेको बताइन् । “फुपूदिदीको घरमा फर्निचर उद्योग भएको थियो । सुरुआती दिनमा त्यहाँ गएका रङ्ग, कागज र काठका टुक्रामा चित्र बनाउन सिक्थेँ । पछि इन्टरनेटको माध्यमबाट रङ्गको समायोजन र कसरी चित्र बनाउने भन्ने विषयमा अध्ययन र अनुसन्धान गर्दै बनाउन थालेकी हुँ”, उनले भनिन् ।

    फुर्सदको समयलाई त्यतिकै फाल्नुहुँदैन भन्ने मान्यता राख्ने सापकोटा आफ्नो इन्जिनियरिङको कामबाट केही समय सदुपयोग गरी वा कम्प्युटर हेर्दाहेर्दै दिक्क लागेको समयमा चित्र बनाउने गर्छिन् । यसबाट ध्यान विकेन्द्रित नहसने र मनलाई प्रफुल्लित बनाउने उनको अनुभव छ ।

    चित्र बनाउँदै गर्दा भेटिएकी सापकोटाले भनिन्, “चित्र बनाएर त्यसलाई पूर्णता दिनुपर्छ । कहीँकतै कही अपुग वा कमी भएमा त्यसलाई अन्तिम चरणको तयारी गर्नुपर्छ ।” उनले एउटा चित्र न्यूनतम रु सात हजारसम्म र अधिकता रु १२ हजारसम्ममा बिक्री हुने उल्लेख गरिन् ।

    विदेशमा रहेका शुभचिन्तकको सहयोगले अमेरिकामा एउटा चित्रलाई रु २० हजार र अष्ट्रेलियामा रु १२ हजारमा बिक्री हुने गरेको आएको सापकोटाले बताइन् ।

    यसैगरी अनलाइनबाटै विभिन्न परियोजनाका काम गरिरहेको बताउँदै सापकोटाले चित्रकला कोरिरहँदा मन शान्त र आनन्दित हुने अनुभव सुनाइन् । चित्रकला रोजाइको विषय भएकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनको योजना छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend