logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • जीबी राईसहित साहारा सहकारीको बचत रकम अपचलनमा १७ जना विरुद्ध मुद्दा दर्ता

    जीबी राईसहित साहारा सहकारीको बचत रकम अपचलनमा १७ जना विरुद्ध मुद्दा दर्ता

    5.5K
    Shares
    जीबी राईसहित साहारा सहकारीको बचत रकम अपचलनमा १७ जना विरुद्ध मुद्दा दर्ता

    काठमाडौँ । साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनबारे मुद्दा दर्ता भएको छ । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जितेन्द्रबाबुर (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

    सहकारी ठगी कसुरमा उनीहरुविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जनाएको छ ।

    उक्त सहकारीको पनि अध्यक्ष जीबी राई थिए ।

    प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरको संलग्नमा सहकारीको रकम अपचलन गरिएको अभियोगपत्रमा दाबी गरिएको छ ।

    १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो । ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend