काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्त्तिका लागि ३ जना उम्मेदवारलाई फेरि कार्यप्रस्तुति र अन्तार्वार्ताका लागि बोलाएको हो ।
एक सार्वजनिक सूचना जारी गर्दै गठित सिफारिस समितिले तीन जनालाई बोलाएको हो । असोज १८ गते बिहान ८ बजेका लागि तीन जना उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको छ ।
नेप्सेका वर्तमान सीईओ कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाइएको छ ।
यसअघि सर्टलिस्टमा परेका उनीहरु अन्तर्वार्ता तथा कार्यप्रस्तुतिमा सहभागी भएनन ।