logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ : कार्यवाहक प्रधानमन्त्री सिंह

    पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ : कार्यवाहक प्रधानमन्त्री सिंह

    322
    Shares
    पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ : कार्यवाहक प्रधानमन्त्री सिंह

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्वपूर्ण रहेको बताएका छन् । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्र चलायमान र मजबुत बनाउनका लागि महत्वपूर्ण रहेको बताए । उनले पर्यटन क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने पनि बताए । उनले पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझ व्यवस्थित गरेर अघि बढाउनुपर्ने बताए । उनले पर्यटन क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

    उनले भने, ‘देशको समृद्धिको मार्गमा अघि बढ्नको लागि शान्ति अति आवश्यक छ । यस वर्षको विश्व पर्यटन दिवसको नारा राख्नुभएको छ, यो एकदम सान्दर्भिक छ । आजको कार्यक्रममा पर्यटनमा आफ्नो जीवन लगानी गर्नुहुनेहरुबाट हामीले धेरै कुरा सुन्ने सुअवसर पायौँ । टुरिजम सेक्टर नेपालको कन्टेस्टमा इकोनोमिलाई अफ्लिफ्ट गर्नका लागि इन्जिनको रुपमा यो सेक्टरलाई अझ प्रभावकारी रुपले बढाउन जरुरी छ ।

    राजनीतिक स्थिरता पछि आर्थिक स्थिरता पनि आउँछ भन्छौँ । पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझ हामीले अघि बढाउन जरुरी छ । समस्याहरुको पहिचान गरी वर्तमान सरकारले समाधान गर्नेछ ।’

    कार्यवाहक प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता दिनका लागि कांग्रेस-एमालेको सरकार बनेको बताए । उनले वर्तमान सरकारले जनताको पक्षमा काम अघि बढाउने बताए । उनले देशमै बसेर समाज, देशलाई योगदान दिने वातावरण निर्माण गरिरहेको बताए । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा धरै सहयोग गरिरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend