logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • देश विकासलाई गतिदिन संविधान संशोधन आवश्यक छ : मन्त्री दाहाल

    देश विकासलाई गतिदिन संविधान संशोधन आवश्यक छ : मन्त्री दाहाल

    245
    Shares
    देश विकासलाई गतिदिन संविधान संशोधन आवश्यक छ : मन्त्री दाहाल

    मोरङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले स्थिर सरकार र विकासमा गति दिने गरी बाधा अड्चन हटाउन संविधान संशोधनलाई वर्तमान गठबन्धनले प्राथमिकतामा राखेको बताएका हुन् ।

    यसका समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार गर्ने विषयमा दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेका अधिकार कुनै पनि हालमा नखोसिने बताए । उनले भने, “संविधान संशोधनमा जनताले थप अधिकार प्राप्त गर्ने छन्, यस विषयमा सरकार र वर्तमान गठबन्धन दल प्रस्ट छौँ । कसैले आतङ्कित र भ्रमित हुन आवश्यक छैन ।”

    मन्त्री दाहालले सरकार देशभर रहेका सडक स्तरोन्नति गर्ने कार्यमा विशेष जोड दिएर लागिरहेको बताए । “देशव्यापी रूपमा सङ्घीय मन्त्रालयअन्तर्गतका चार हजार ५०० किलोमिटर सडकमा रहेका खाल्डाखुल्डी पुर्ने काम सुरु गरेका छौँ । वर्षात्का कारण समस्या भएको छ । दशैँमा यात्रुहरूको सहजताका लागि यो कार्य भइरहेको छ”, उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend