logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कुलेखानी जलाशयको २ वटा ढोका खोलियो, सुरक्षित रहन आग्रह

    कुलेखानी जलाशयको २ वटा ढोका खोलियो, सुरक्षित रहन आग्रह

    2.7K
    Shares
    कुलेखानी जलाशयको २ वटा ढोका खोलियो, सुरक्षित रहन आग्रह

    काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा न २ मा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधको ढोका खोलिएको छ ।

    कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खोलिएको हो । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोकाबाट पानी पठाइएको छ ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजरगरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिए ।

    “जलाशय भरिन अझै एकरदुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो”, प्रजिअ चिलुवालले भने । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताए ।

    अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएराती देखि साइरनसहित ओभरफ्लो भएपछि आज बिहान ढोका खोलिएको कुलेखानी जलविद्युत् आयोजनाले जनाएको छ ।

    हाल प्रती मिनेट ३०० क्युसेक पानी खोलिएको र आवश्यकता अनुसार पानी खोलिदै जाने बताइएको छ ।

    कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगन वेसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली, रौतहट र सर्लाहीका वागमती नदी किनाराका बस्तीहरूमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू हाइ एलर्टमा रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । जलाशयमा पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend